डिभिजन वन कार्यालय मोरङद्वारा उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित - Pahilo Online

डिभिजन वन कार्यालय मोरङद्वारा उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित

writer

पहिलो अनलाइन

सलकपुर । डिभिजन वन कार्यालय मोरङले उत्कृष्ट वन अधिकृत र कर्मचारीहरुलाई सम्मान गरेको छ । सलकपुर सव डिभिजन वन कार्यालय, सुन्दरहरैंचामा विहीबार डिभिजन वन कार्यालयद्वारा आयोजित वार्षिक प्रगति समिक्षा कार्यक्रमका अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।
सो अवसरमा सव–डिभिजन वन कार्यालय पथरीका प्रमुख मोहन अर्याल सम्मानित भएका छन् । ८ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरेर ५ हजार बिरुवा रोपी उत्कृष्ट कार्यका लागि वन अधिकृत अर्याललाई सम्मान गरिएको हो ।
एक वर्षको कार्यकालमै वन संरक्षण, अतिक्रमण नियन्त्रण तथा वन विस्तारमा उल्लेखनीय सफलता हासिल गर्दै जिल्लामै उदाहरणीय कार्य सम्पादन गरेको भन्दै डिभिजन वन कार्यालय, मोरङले उनलाई सम्मान गरेको हो । डिभिजन वन अधिकृत उत्सव थापाले अर्याललाई सम्मान पत्रले सम्मान गरे ।
वन अधिकृत अर्यालको नेतृत्वमा सुन्दर सामुदायिक वन, चौतारी सामुदायिक वन तथा शान्ति सामुदायिक वनमा रहेको करिब ८ हेक्टर अतिक्रमित वन क्षेत्र पुनः संरक्षण गरी वनको स्वामित्वमा ल्याइएको छ । अतिक्रमित क्षेत्रमा अस्थायी सुकुम्बासी बस्ती, बंगुरका खोर, टेम्पू पार्किङ, ट्रायल सेन्टर तथा बजार व्यवस्थापनका लागि प्रयोग भइरहेका संरचनाहरू रहेका थिए ।


संवेदनशील मानिएको अतिक्रमण हटाउने कार्यलाई स्थानीय जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूह, सरोकारवाला निकाय तथा स्थानीय समुदायसँगको निरन्तर संवाद, समन्वय र सहकार्यबाट शान्तिपूर्ण ढंगले सम्पन्न गरिएको वन अधिकृत अर्यालले बताए । ‘स्थानीयहरूसँग समन्वय गरेर कुनै वादविवादबिना अतिक्रमित वनक्षेत्र हटाउन सफल भएका छौँ, यसले हामी सबैलाई हौसला मिलेको छ, सहकार्य र समन्वयले जस्तोसुकै समस्यालाई पनि हल गर्न सकिन्छ भन्ने हामीले महसुस गरेका छौँ’ वन अधिकृत अर्यालले भने ।
कार्यक्रममा वन सहायक पाँचौं राममाया नेपाली, रंगेली सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत धनुज यादव, वन रक्षक जमदार गोविन्द ढकाल, कानेपोखरी सव डिभिजनमा कार्यरत वन रक्षक मनोज कुमार डंगौरा, कार्यालय सहयोगी झमक पोखरेल, सम्मानित भएका थिए । यस्तै, अवकासप्राप्त वन रक्षक जमदार टंक विश्वकर्मालाई सम्मानसहित विदाई गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles