ग्रामदेवता विद्यालयका विपन्न विद्यार्थीलाई ब्याग वितरण - Pahilo Online

ग्रामदेवता विद्यालयका विपन्न विद्यार्थीलाई ब्याग वितरण

writer

रविन्द्र बराल

रंगेली । मोरङको रङ्गेली नगरपालिका–३ स्थित श्री ग्रामदेवता आधारभूत विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्रीसहित ब्याग वितरण गरिएको छ।

विद्यालयमा अध्ययन गर्ने कतिपय विद्यार्थीहरूलाई किताब–कापी बोकेर ल्याउन कठिनाइ भइरहेको जानकारी पाएपछि सामाजिक संस्थाको पहलमा ब्याग वितरण गरिएको हो। शिवता प्रेम प्रतिष्ठान नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत बालबालिकालाई ब्याग उपलब्ध गराएको हो।

प्रतिष्ठानकी अध्यक्ष रागिनी उपाध्यायले आफ्नी छोरीको नाममा स्थापना गरिएको उक्त संस्थाले विगत १० वर्षदेखि शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको बताइन्। उनले २४ वर्षको उमेरमा डेनमार्कमा प्राणघातक रोगका कारण छोरीको निधन भएपछि छोरीको स्मृतिमा शिवता प्रेम प्रतिष्ठान स्थापना गरिएको जानकारी दिइन्।

अध्यक्ष उपाध्यायका अनुसार प्रतिष्ठानले गरिब तथा अति विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरूलाई चीन, डेनमार्कलगायत विभिन्न देशमा उच्च शिक्षाका लागि अध्ययनको अवसर समेत उपलब्ध गराउँदै आएको छ। साथै, प्रतिष्ठानले आफ्नो १० वर्षे अवधिमा नेपालको विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै आएको र आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

ब्याग वितरण कार्यक्रममा रङ्गेली–३ का वडा अध्यक्ष भरत प्रसाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रागिनी उपाध्याय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपककुमार महतो, विद्यालयकी प्रधानाध्यापक सलमा हाँस्दा, अभिभावक, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles