पथरीशनिश्चरेमा होलसेल पसल र होटल अनुगमन, म्याद गुज्रेका खाद्य सामग्री नष्ट - Pahilo Online

पथरीशनिश्चरेमा होलसेल पसल र होटल अनुगमन, म्याद गुज्रेका खाद्य सामग्री नष्ट

writer

मोहन भट्टराई

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राख्दै होलसेल पसल तथा होटलहरूको अनुगमनलाई निरन्तरता दिएको छ। नगरपालिकाकी उप–प्रमुख तथा अनुगमन समितिकी संयोजक देविमाया काफ्लेको संयोजकत्वमा मंगलबार नगरभित्र सञ्चालनमा रहेका किराना होलसेल पसल र होटलहरूको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा एक्सपायरी मिति नछुट्याइएका, म्याद सकिएका र म्याद बाँकी रहेका खाद्य सामग्रीहरू एकै स्थानमा भण्डारण गरी विक्री कक्षमै राखिएको पाइएपछि व्यवसायीहरूलाई आगामी दिनमा यस्तो नगर्न सचेत गराइएको छ। अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका खाद्य सामग्रीहरू तत्काल नष्ट गरिएको नगरपालिकाले जनाएको छ। साथै पसल तथा होटलहरू दर्ता तथा नविकरण भए–नभएको विषयमा पनि जाँच गरिएको थियो ।

नगरपालिकाका अनुसार पथरी शनिश्चरेमा चालु आर्थिक वर्ष सुरु भएयता हालसम्म ६० भन्दा बढी पसल, होटल तथा होलसेल केन्द्रहरूको अनुगमन गरिएको छ। ती अनुगमनका क्रममा करिब १५० किलोभन्दा बढी म्याद गुज्रेका तथा गुणस्तरहीन खाद्य सामग्री नष्ट गरिएको छ भने दर्ता तथा नविकरण नगरी सञ्चालनमा रहेका दर्जनभन्दा बढी व्यवसायलाई प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ। अघिल्लो आर्थिक वर्षमा मात्रै १ सयभन्दा बढी व्यवसायिक प्रतिष्ठान अनुगमन गरिएको र उपभोक्ता स्वास्थ्यमा असर पार्ने सामग्री भेटिएका करिब ३० वटा पसललाई लिखित चेतावनी दिइएको थियो ।

नगरपालिकाले बजार अनुगमनलाई नियमित बनाउँदै उपभोक्तालाई सुरक्षित खाद्य सामग्री उपलब्ध गराउने र व्यवसायलाई कानुनी दायराभित्र ल्याउने लक्ष्य लिएको जनाएको छ। उप–प्रमुख काफ्लेले अनुगमनलाई निरन्तरता दिइने र अटेरी गर्ने व्यवसायीमाथि आवश्यक कारबाही गरिने बताइन् ।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रकृति वस्ती र दृश्य ढकाल, नगर अनुगमन समितिका सदस्य तथा कार्यपालिका सदस्य अञ्जना दर्जी, नगरको निरीक्षण अधिकृत एकराज खत्री, राजश्व शाखा प्रमुख तारा ढकाल, नगर प्रहरी प्रमुख योगेन्द्र श्रेष्ठ तथा प्रहरीहरूको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles