नगरपालिकाद्वारा प्रहरीलाई मेगाफोन हस्तान्तरण - Pahilo Online

नगरपालिकाद्वारा प्रहरीलाई मेगाफोन हस्तान्तरण

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले इलाका प्रहरी कार्यालय पथरीलाई दुई थान मेगाफोन हस्तान्तरण गरेको छ ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापो र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले आज इलाका प्रहरी कार्यालय पथरीका प्रमुख तुलसीराम अर्याललाई मेगाफोन हस्तान्तरण गर्नुभएको हो ।
साइरन, रेकर्डिङ तथा बाहिरी माइकको सुविधा सहितका ती मेगाफोन विशेषगरी सूचना प्रवाह तथा आपतकालीन अवस्थाका लागि प्रयोग गरिने जनाइएको छ । जाडो याममा नगर क्षेत्रमा हात्ती आउने समस्या बढ्ने भएकाले त्यसको न्यूनीकरण र जनचेतनाका लागि मेगाफोन प्रदान गरिएको नगर प्रमुख तुम्वापोले बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles