इटहरीमा स्थानीय पाठ्यक्रम ‘इटहरीको सेरोफेरो’ लागू - Pahilo Online

इटहरीमा स्थानीय पाठ्यक्रम ‘इटहरीको सेरोफेरो’ लागू

writer

पहिलो अनलाइन

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरि लागू गरेको छ ।

कक्षा १ देखि ५ का बालबालिकाका लागि तयार पारिएको ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तक औपचारिक रूपमा लागू गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ।

मेयर हेमकर्ण पौडेलका अनुसार यो पुस्तक केवल पढाइका लागि तयार गरिएको पाठ्य सामग्री मात्र होइन, इटहरीका बालबालिकालाई आफ्नै माटो, समाज, संस्कृति, इतिहास र पहिचानसँग जोड्ने महत्त्वपूर्ण कडी हो । २ महिनाभित्र कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम पनि लागू हुने पौडेलले बताएका छन् ।

अघिल्लो सरकारमा पाठ्यक्रम निर्माणको काम थालेको भएपनि पुरा गर्न सकेको थिएन । पुस्तक सार्वजनिक कार्यक्रममा मेयर पौडेलले बालबालिकाले आफ्नै सहरलाई किताबमा पढ्न पाउनु संघीयताको देन भएको बताए ।

यो पाठ्यक्रमले पहिचान निर्माण गर्ने तथा विद्यार्थीलाई गौरव, ज्ञान र आफ्नै जमिनसँग सम्बन्ध जोडिदिने उपमहानगरको दावी छ । स्थानीय इतिहासकार, शिक्षक, लेखक, विषयविज्ञ र समुदायको सुझाव समावेश गरेर तयार गरिएको यो पाठ्यपुस्तक अब नगरका सबै विद्यालयमा नियमित रूपमा पढाइनेछ ।

‘इटहरी सेरोफेरो’ लागू भएपछि विद्यार्थीहरू अब पाठ्यपुस्तकका पानामा आफ्नै शहरको कथा भेट्नेछन् । नगरको विश्वास अनुसार, यही कथाले भविष्यका पुस्तामा पहिचान, चरित्र र जिम्मेवारीबोध दुवै निर्माण गर्ने विश्वास गरिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles