सलहेस फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा प्रवेश - Pahilo Online

सलहेस फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा प्रवेश

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे । सिराहाको सलहेश फुटबल क्लब भारतको सिलिगुडी स्थित कन्चनजंघा फुटबल क्लबलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप २०८२ को उद्घाटन खेलमा प्रभावशाली जीत हासिल गरेको छ । यस जितसँगै सलहेश फुटबल क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको सातौं मिनेटमा सलहेशका आदित्य शाक्यले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि २४ औं मिनेटमा रिचार्ड विल्सनले अर्को गोल थप्दै अन्तर २–० बनाए । खेलको २८ औं मिनेटमा सुजन डंगोलले तेस्रो गोल गर्दै पहिलो हाफमै सलहेशलाई ३–० को मजबुत स्थितिमा पु¥याएका थिए ।

दोस्रो हाफमा पनि सलहेशले आक्रमणको लय कायम राख्यो । खेलको ५९ औं मिनेटमा रिचार्ड विल्सनले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ४–० पु¥याए । अतिरिक्त समयमा उनले ह्याट्रिक पूरा गर्दै टिमका लागि पाँचौं गोल गरे ।

सिलिगुडी कन्चनजंघाका लागि ६२ औं मिनेटमा प्रनिष प्रधानले सान्त्वना गोल फर्काए ।

शनिबारको उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गर्ने रिचार्ड विल्सन ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई ५ हजार नगद सहित ट्रफि प्रदान गरियो ।


प्रतियोगिताअन्तर्गत आइतबार आयोजक पथरी–११ फुटबल क्लब र ललितपुरको ब्रिगेड ब्वाइज क्लबबीच खेल हुने छ ।

यसअघि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले एक भब्य समारोहका बिच खेलको उद्घाटन गरेका थिए । प्रमुख अतिथि तुम्बापोले शुभकामना मन्तव्य राख्दै यो प्रतियोगिता नगरको पहिचानसँग जोडिएको महत्वपूर्ण आयोजनाको निरन्तरता भएको बताए । उनले नगरपालिकाले खेलकुदको विकास र युवा प्रतिभा प्रोत्साहनका लागि सधैं अग्रसर रहेको उल्लेख गर्दै गोल्डकपको सफल सञ्चालनका लागि सबै क्षेत्रका व्यक्तिहरूको सहयोग र सहभागिता आवश्यक रहेको बताए ।


आयोजक क्लबका अध्यक्ष विकका अनुसार काठमाडौंका ए–डिभिजन लिगमा सहभागी तीन टिमहरू सहितका उत्कृष्ट राष्ट्रिय र स्थानीय क्लबहरू यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको पहिलो विजेता टोलीलाई ५ लाख रुपैयाँ नगद पुरस्कार र ट्रफी, र उपविजेतालाई २ लाख ५० हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ । साथै, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दि म्याचको रूपमा सम्मान गरिने र विभिन्न विधागत पुरस्कारहरू समेत प्रदान गरिने जानकारी विकले दिए ।

तेस्रो दिन अर्थात् कार्तिक १७ गते संकटा फुटबल क्लब र पाँचथर फुटबल क्लब, चौथो दिन कार्तिक १८ गते एनआरटी फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धात्मक खेलहरू हुनेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजक ईन्ट्रा फाउण्डेशन अफ अमेरिका रहेकोछ भने सह प्रायोजक पथरी शनिश्चरे नगरपालिका रहेको पनि जानकारी दिईएयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles