मनकामना सामुदायिक वनको १७औं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न - Pahilo Online

मनकामना सामुदायिक वनको १७औं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । मोरङ पथरीशनिश्चरे–१ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहको १७औं वार्षिक साधारण सभा सोमबार समूहको कार्यालय परिसरमा भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष उदयकुमार राई (दिनेश) ले गरेका थिए भने प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका वडा नं. १ का वडा अध्यक्ष भीमकुमार राई थिए । प्रमुख अतिथि राई ले सामुदायिक वन समूहले वन संरक्षण मात्र नभई सामाजिक विकास र वातावरणीय सुधारमा खेलेको भूमिकाको प्रशंसा गर्दै वडा कार्यालय सधैं सहकार्यका लागि तयार रहेको बताए । राईले मनकामना सामुदायिक वनबारे अमेरिकासमेत चर्चा हुने गरेको प्रसंग उल्लेख गरे । अमेरिकामा रहेका आफ्नो साथीले पथरीको मनाकामना सामुदायिक वनमा रहेको कटुसे र ट्रिहाउस बारे चर्चा गर्ने गरेको बताए ।

विशिष्ठ अतिथि अग्नी पौडेलले सामुदायिक वनको नेतृत्वदायी भूमिका र स्थानीय स्तरमा भएको वन संरक्षण प्रयासलाई प्रदेश तथा केन्द्रले समेत ध्यान दिनुपर्नेमा जोड दिए । पौडेलले देशमा विषम परिस्थिति भएको कारण कानून संशोधन नभएपनि सामुदायिक वनमा लाग्ने कर घट्नुपर्ने बताए ।

फेकोफन मोरङका कार्यबाहक अध्यक्ष मदन पोखरेलले समूहले अघि सारेका कार्यक्रमहरू उदाहरणीय रहेको र अन्य समूहहरूले समेत सिक्नुपर्ने बताए ।

सब डिभिजन वन कार्यालय पथरीका प्रमुख त्रिभुवन साहले वनको दीर्घकालीन उपयोग र वैज्ञानिक व्यवस्थापनमा समूहले लिएको नेतृत्वको प्रशंसा गर्दै प्रविधियुक्त संरक्षणमा सरकारी निकाय पूर्ण साथमा रहेको प्रतिवद्धता जनाए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगर समिति अध्यक्ष मैना आचार्य, सुनाखरी मावि व्यवस्थापन समितिका अध्यक्ष प्रदीपकुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

१७ वर्षको सफल यात्रा

कार्यक्रममा बोल्दै अध्यक्ष उदयकुमार राईले समूहको स्थापना वि.सं. २०६० मा भएको र १७ वर्षको सफल यात्रा पार गरेर समूह १८औं वर्षमा प्रवेश गरेको उल्लेख गरे । उनले यस अवधिमा वन संरक्षण, सामाजिक सेवा, वातावरणीय संरक्षण तथा सामुदायिक हितका कार्यक्रमहरू प्रभावकारी रूपमा अगाडि बढाइएको जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष राईले सभामा आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि महत्वाकांक्षी भावी कार्ययोजना र कार्यक्रमहरू प्रस्तुत गरेका थिए । जसमा विशेषगरी निम्न विषयहरू समेटिएका छन्ः

कटुसे सिमसार क्षेत्र विकास तथा पर्यटकीय आकर्षण बढाउने (पिकनिक स्पट, ट्रि हाउस, झुलुङ्गे पुल, स्विमिङपुल, बाह्य जिम आदिको निर्माण)

वन पैदावारको नियोजित उपयोग, वृक्षारोपण, अनावश्यक बाक्लो रूखहरूको कटान र फलफूलका विरुवा रोप्ने

सामाजिक विकास कार्यक्रम अन्तर्गत अपाङ्ग, जेष्ठ नागरिक, विपन्न, सिपहीन तथा रोगी उपभोक्तालाई आर्थिक सहयोग

सङ्गठनात्मक सुदृढीकरण, डिजिटल प्रणालीमार्फत अभिलेख, नयाँ कार्यालय भवन निर्माण, गीत र सांस्कृतिक सम्पदाको संरक्षण

आपतकालीन कोष स्थापन, विपद् व्यवस्थापन योजना

स्थानीय, प्रदेश तथा संघीय सरकारसँग समन्वय गर्दै मिनी हाइड्रोपावर परियोजना, पथरी खोलाको सुधार र फोहोर व्यवस्थापन

वातावरणीय संरक्षण, जडीबुटी संरक्षण तथा अनुसन्धान, दुर्लभ वनस्पतिहरूको अभिलेखिकरण

सामाजिक उत्तरदायित्व अन्तर्गत सम्मान र सहयोग

सभाको अवसरमा अपाङ्गता भएका १५ जना उपभोक्तालाई जनही रु. ५०० का दरले सम्मान स्वरूप नगद प्रदान गरिएको थियो । साथै, विभिन्न संघ–संस्थाहरू र विपन्न व्यक्तिहरूलाई आर्थिक सहयोगसमेत गरिएको थियो ।


सभाको समापन अध्यक्ष उदयकुमार राईले सबै अतिथिहरू, सरोकारवाला निकाय, पत्रकार तथा उपस्थित सम्पूर्ण उपभोक्ताहरूलाई धन्यवाद ज्ञापन गर्दै गरेका थिए । समूहका अध्यक्ष उदयकुमार राई (दिनेश) को सभापतित्वमा भएको कार्यक्रममा कार्यालय सचिव संमृता राईले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रमले सामुदायिक वनको भूमिका केवल वन संरक्षणसम्म सीमित नरही समग्र स्थानीय विकास, वातावरणीय स्थायित्व र सामाजिक न्याय को आधार बन्न सक्ने स्पष्ट सन्देश दिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles