पथरीशनिश्चरे नगरपालिकाद्वारा पत्रकारलाई सम्मान तथा पुरस्कार - Pahilo Online

पथरीशनिश्चरे नगरपालिकाद्वारा पत्रकारलाई सम्मान तथा पुरस्कार

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले एक सञ्चार सस्थासहित चार जना पत्रकारलाई सम्मान पुरस्कार र १३ जनालाई लेखनवृत्ति प्रदान गरेको छ ।
लामो समयदेखि पथरीशनिश्चरे बिट (क्षेत्र) बनाएर पत्रकारिता गर्दै आउनु भएका दिनेश सुब्बा, केशव निरौलालाई पथरीशनिश्चरे नगरपालिकाले नगदसहित सम्मान गरेको हो । त्यसैगरी क्रियाशील पत्रकार पुरस्कारबाट छविराज ढकाल र सञ्चार संस्था तिम्मा न्युज अनलाइनलाई नगद २५ हजारसहित सम्मान गरेको हो ।
सम्मानित पुरस्कृत पत्रकारहरुलाई जनप्रतिधिहरु, उपस्थिति अतिथिहरुको हातबाट सम्मान पत्र, प्रशंसा पत्र, टिका र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा पुरस्कार वितरण समितिका संयोजक एवं वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
सो कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमका विषयमा पुरस्कार वितरण समितिका सदस्य अर्जुन जम्नेली राईले प्रष्ट्याउनुभएको थियो । पुरस्कृतको तर्फबाट पत्रकार केशव निरौला र सहभागीको तर्फबाट अर्जुन काफ्लेले आफ्ना भनाइ राख्नुभएको थियो । नगरका सञ्चारकर्मीहरुलाई लेखनवृत्ति टोकन पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष एवं नगर प्रवक्ता नविन कार्की, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, कार्यपालिका सदस्य मिना योञ्जन, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, शिक्षा शाखा प्रमुख नविन खुलाल र नगरका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles