शनिश्चरे । मोरङ पथरी शनिश्चरे–४ स्थित भगीरथ माध्यमिक विद्यालय परिसरमा निर्माणाधीन ‘भागिरथ फुटबल रंगशाला’ निर्माण अभियानमा सहयोगको ओइरो लागेको छ। स्थानीय खेलप्रेमी, समाजसेवी, युवा व्यवसायी, प्रवासी नेपाली र समुदायका अग्रजहरूले उल्लेखनीय सहयोग जुटाएका छन् । हालसम्म १ लाख १० हजार ७७८ रुपैयाँ बराबरको सहयोग संकलन भएको निर्माण समितिले जनाएको छ ।
समितिका अनुसार हाल प्याराफिटसहितको रंगशाला निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । यस अभियानमा आर्थिक, भौतिक तथा नैतिक साथ–सहयोग जुटाउने क्रम जारी रहेको छ ।
सहयोगदाता र सहयोग रकमको विवरण यस प्रकार छः
गणेश चौहान
– पथरी शनिश्चरे–४, समाजसेवी तथा बुद्धिजीवी
– सहयोग रकमः रु. २,१५१।–
आशिष खड्का
– पथरी शनिश्चरे–४, पूर्व खेलाडी (हाल डेन्मार्कमा)
– सहयोग रकमः रु. २,५५१।–
नाङजुङ लिम्बू (नाल्बो)
– पथरी शनिश्चरे–६, समाजसेवी
– सहयोग रकमः रु. ५,००५।–
कमलराज कर्की
– पथरी शनिश्चरे–९, युवा व्यवसायी, समाजसेवी
– सहयोग रकमः रु. १०,१११।–
योगेश कटुवाल
– पथरी शनिश्चरे–९, पूर्व खेलाडी, समाजसेवी
– सहयोग रकमः रु. १०,०००।–
अभिषेक गौतम
– पथरी शनिश्चरे–४, हाल विदेशमा कार्यरत
– सहयोग रकमः रु. ५,००१।–
लक्ष्मी काफ्ले
– पथरी शनिश्चरे–९, युवा व्यवसायी
– सहयोग रकमः रु. २,१२१।–
महेन्द्र गिरी
– पथरी शनिश्चरे–४, खेलप्रेमी
– सहयोग रकमः रु. ५,०५५।–
सबिन लिम्बू
– पथरी शनिश्चरे–९, हाल हङकङ निवासी
– सहयोग रकमः रु. ५,०१५।–
वडा कार्यालयको तर्फबाट
–पथरीशनिश्चरे वडा नं. ४का अध्यक्ष लोक किरण न्यौपाने
– खेलकुद विकास समितिका अध्यक्ष रबिन मगर
– युवा लक्षित कार्यक्रम अन्तरगत
– सहयोग रकमः रु. ४७,०००।–
महेश गिरी
– पथरी शनिश्चरे–४, पूर्व खेलाडी (हाल अस्ट्रेलिया निवासी)
– सहयोग रकमः रु. ६,६६६।–
जम्मा संकलित रकमः रु. १,१०,७७८।– (एक लाख दस हजार सात सय अठाहत्तर रुपैयाँ)
खेल मैदान निर्माण समितिले सम्पूर्ण सहयोगदाताहरूप्रति गहिरो आभार प्रकट गर्दै आगामी दिनहरूमा पनि निरन्तर साथ–सहयोगको अपेक्षा राखेको छ । समितिका अनुसार यो अभियानले नयाँ पुस्तालाई अनुशासन, नेतृत्व, प्रेरणा र सहकार्यको भावनामा हुर्काउन मद्दत गर्नेछ ।
समितिको अपिलः
समाज रूपान्तरण, स्वास्थ्य सुधार, बालबालिका तथा युवाहरूको शारीरिक र मानसिक विकासमा योगदान पुर्याउने यो रंगशालाको निर्माण कार्यमा देश–विदेशमा रहनुभएका सबैमा साथ र सहयोगको लागि पुनः हार्दिक अनुरोध गरिएको छ।
थप जानकारीका लागि
राजु लिम्बू चेम्जोङ – अध्यक्ष
धनकुमार सुब्बा – सचिव
हरिप्रसाद न्यौपाने – सूचना विभाग
सागर भट्टराई – सह–सचिव
लोकनाथ लिम्बू – उपाध्यक्ष
बिपना तुम्बाहाम्फे – कोषाध्यक्षलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।