शनिश्चरे । मोरङ पथरी शनिश्चरे–४ स्थित भगीरथ माध्यमिक विद्यालय परिसरमा निर्माणाधीन भगीरथ खेलमैदानको कामलाई तिव्रता दिने निर्णय भएको छ। असार ७ गते साँझ बसेको खेल मैदान निर्माण समितिको बैठकले माटो फिलिङ, आर्थिक संकलन, मैदानको पारदर्शिता लगायतका विविध पक्षमा छलफल गर्दै कामलाई अगाडि बढाउने सहमति गरेको हो ।
यसैबीच, प्रदेश सरकारको आर्थिक वर्ष २०८२–०८३ को बजेटमार्फत माननीय मानबहादुर लिम्बूको पहलमा भगीरथ खेलमैदानका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएकामा निर्माण समितिले धन्यवाद ज्ञापन गरेको छ।
समितिले सबै खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू, नगरवासीहरू र प्रवासी पथरीशनिश्चरेवासीहरूलाई आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग गर्न हार्दिक अनुरोधसमेत गरेको छ। समितिका अनुसार प्याराफिटसहितको रंगशाला निर्माण कार्य अघि बढिरहेको छ।
समितिले खेल मैदान निर्माणको महत्त्वलाई उल्लेख गर्दै निम्न पक्षहरूमा खेलकुदको योगदानलाई पनि सार्वजनिक रूपमा जानकारी गराएको छः
खेलकुदका फाइदाहरूः
१. शारीरिक स्वास्थ्यमा सुधार – खेलकुदले मोटोपन, मधुमेह, रक्तचापजस्ता समस्याबाट जोगिन मद्दत गर्छ ।
२. मानसिक स्वास्थ्यमा सुधार – तनाव घटाउँछ, आत्मविश्वास बढाउँछ र खुशी दिने हार्मोनको स्रावमा सहयोग गर्छ ।
३. सामाजिक एकता – खेलकुदले समुदायलाई एकत्रित गर्छ, सहकार्य र सहिष्णुता विकास गर्छ ।
४. बालबालिकाको समग्र विकास – अनुशासन, समय व्यवस्थापन र बौद्धिक क्षमतामा वृद्धि गर्छ ।
५. स्थानीय मैदानको आवश्यकता – स्वस्थ जीवनशैली र व्यवस्थित अभ्यासस्थलको आवश्यकता पुरा गर्छ ।
६. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान – देशको गौरव बढाउँछ र खेलकुदमार्फत पहिचान निर्माण हुन्छ ।
समितिले विशेषगरी देश तथा विदेशमा रहेका भागिरथ मा.विका पूर्व विद्यार्थीहरू र इच्छुक सहयोगदाताहरूलाई समेत अपिल गर्दै, आर्थिक सहयोगका लागि निर्माण समितिको बैंक खाता नम्बर र क्युआर कोडसमेत उपलब्ध गराएको छ।
थप जानकारीका लागि सम्पर्कः
राजु लिम्बू चेम्जोङ – अध्यक्ष
धनकुमार सुब्बा – सचिव
हरिप्रसाद न्यौपाने – सूचना विभाग
सागर भट्टराई – सह–सचिव
लोकनाथ लिम्बू – उपाध्यक्ष
बिपना तुम्बाहाम्फे – कोषाध्यक्ष