भुल्के सुन्तली सामुदायिक वनद्वरा ६ हेक्टरमा विरुवा रोपणः पर्यटकीय स्थल बनाउने योजना - Pahilo Online

भुल्के सुन्तली सामुदायिक वनद्वरा ६ हेक्टरमा विरुवा रोपणः पर्यटकीय स्थल बनाउने योजना

writer

पहिलो अनलाइन

कानेपोखरी, मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित भुल्के सुन्तली सामुदायिक वन उपभोक्ता समूहले खाली जमिनमा वृहत् विरुवा रोपण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार आयोजित विशेष कार्यक्रममा वन समूहले कार्यालय उत्तरतर्फको खण्ड–१ अन्तर्गत करिब ६ हेक्टर क्षेत्रफलमा फल, फूल, जडिबुटी, घाँस तथा काठ प्रजातिका विभिन्न विरुवा रोपेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इङ्नामले वन समूहको प्रयासप्रति प्रशंसा व्यक्त गर्दै भनिन्, “भुल्के सुन्तली सामुदायिक वनले अन्य सामुदायिक वनहरूभन्दा उल्लेखनीय प्रगति गरेको छ ।” उनले सामुदायिक वनमार्फत पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र विपन्न वर्गको आर्थिक सशक्तिकरणमा पालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
अध्यक्ष इङ्नामले थपिन्, “वनको संरक्षणसँगै यसको उत्पादनलाई व्यवस्थित गरेर आम्दानीको स्रोत बनाउन सकिन्छ । यसका लागि गाउँपालिकाले योजनागत रुपमा काम गर्न तत्पर छ ।”
कार्यक्रममा विशिष्ट अतिथि सव–डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख वन अधिकृत मोहमद अलाउद्दिनले वनको महत्व, रोपिएका विरुवाको संरक्षण विधि, मानव जीवनसँगको साइनो र वनबाट हुन सक्ने आम्दानीबारे विस्तृत जानकारी दिए । उनले भने, “वन केवल काठको स्रोत होइन, यो जीवन, जलवायु र भविष्यसँग जोडिएको क्षेत्र हो । यसको सही संरक्षण र व्यवस्थापनमार्फत समुदायलाई धेरै लाभ लिन सकिन्छ ।”
कार्यक्रममा सामाजिक व्यक्तित्व अम्बिका प्रसाद अर्यालले सामुदायिक वनको स्थापना कालको संघर्ष र दुःख सम्झिंदै भने , “आजको सफलताको जग विगतका कठिनाइहरू हुन्, त्यसलाई सम्झनु जरुरी छ ।”
त्यसैगरी युवा व्यवसायी सन्तोष फुयलले भुल्के सुन्तली सामुदायिक वन ग्रामिण सुधार सामुदायिक वनबाट विभाजन भई स्थापना भएको ऐतिहासिक पाटोलाई स्मरण गरे ।
महिला समाजसेवी यसोदा लिम्बुले वन व्यवस्थापनका क्रममा कसैलाई विभेद नगर्न आग्रह गर्दै भनिन्, “सामुदायिक वन सबैका लागि हो, म पनि उपभोक्ता भएकाले यसको विकास र संरक्षणमा पूर्ण साथ दिनेछु ।” उनले पर्यटकीय विकासमा गाउँपालिकासँग सहकार्य गर्न वन समूह तयार रहेको बताइन् ।
कार्यक्रममा समूह अध्यक्ष भीमराज लिम्बुले रोपिएका विरुवामध्ये कल्की, रातो सिरिस, अशोक, जामुन, करम, तेजपात जस्ता प्रजातिहरू समावेश गरिएको जानकारी दिँदै भने, “यो ठाउँलाई भावी दिनमा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य छ ।”
कार्यक्रमको सञ्चालन कार्यालय सचिव शेरबहादुर दर्नालले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles