बाग्लुङलाई कानेपोखरीमा तेक्वान्दोको च्यामपियनसिपको उपाधी - Pahilo Online

बाग्लुङलाई कानेपोखरीमा तेक्वान्दोको च्यामपियनसिपको उपाधी

writer

दिनेश सुब्बा

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बाग्लुङ जिल्लाले चुमेको छ । जनसेवा माविमा १७ गते राती सम्पन्न १० औं राष्ष्ट्रिय सि.एच. आईटिएफ तेक्वान्दो च्यामपियनसिपको उपाधी बाग्लुङ जिल्लाले चुमेको हो । बाग्लुङले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको हो ।

जिल्लाले २० स्वर्ण पदक जितेसँगै प्रथम भएपछि च्यामपियनको उपाधी चुमेको थियो । च्यामपियनसिपको उपाधी मोरङ कानेपोखरी गाउँपालिका ६ मा स्थापित माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमीले प्रायोजन गरेको थियो ।

त्यस्तै प्रतियोगिताबाट १४ वटा स्वर्ण पदक प्राप्त गर्ने भक्तपुर जिल्लाले फस्ट रन अफ को उपाधी हात पारेको छ । भक्तपुरले १० हजार नगद, ट्रफी र मेडल प्राप्त गरेको थियो । फस्ट रन अफ को उपाधी कानेपोखरी ६ रमाइलोमा स्थापित जेनिथ इङ्लिस स्कुलले प्रायोजन गरेको खेल संयोजक युवराज भुजेलले बताए । त्यस्तै प्रतियोगितामा ४ वटा स्वर्ण पदक जित्दै रुपन्देही जिल्लाले सेकेण्ड रन अफ को उपाधि चुमेको छ । उपाधि स्वरुप नगद ५ हजार, ट्रफी र मेडल प्राप्त गरेको थियो ।

तीन दिनको खेल अवधिमा अनुशासित जिल्लाको उपाधि तेह्रथुम जिल्लाले प्राप्त गरेको छ । तेह्रथुम जिल्लाले रु ५ हजार पर्ने ट्रफी सहित मेडल प्राप्त गरेको थियो । त्यस्तै खेल अवधिभर वेस्ट प्लेयर सिनियर पुरुषतर्फ २ वट स्वर्ण र १ वटा रजत पदक प्राप्त गर्ने भक्तपुरको आयन श्रेष्ठले पुरस्कार प्राप्त गरेको छ । वेस्ट प्लेयर जुनियर पुरुष तर्फ १ वटा स्वर्ण र १ वटा कास्य पदक प्राप्त गर्ने रुपन्देहीका प्रिन्सि दर्लामीले पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै सिनियर महिलातर्फ २ वट स्वर्ण पदक प्राप्त गर्ने भक्तपुरकी रेसा थापाले वेस्ट प्लेयरको पुरस्कार प्राप्त गरेकी छिन् । त्यस्तै जुनियर महिला तर्फ ३ वटा स्वर्ण पदक प्राप्त गर्ने भक्तपुरकी रेणी शाहीले वेस्ट प्लेयरको उपाधि चुमेकी छिन् । त्यस्तै खेलअवधिभर २ वटा स्वर्ण पदक जितेर मोरङ चौथो स्थान प्राप्त गरेको छ ।

त्यस्तै तह्रथुम जिल्लाले १ वटा स्वर्ण पदक, कस्की जिल्लाले १ र नवलपरासी जिल्लाले १ वटा स्वर्ण पदक जितेको छ । खेलमा ग्रुप प्याटन सिनिय र जुनियर खेलमा प्रतिस्पर्धा गरिएको थियो । २० केजी तौल समूहदेखि ८० केजी तौल समूहको महिला र पुरुषको खेलहरुमा प्रतिस्पर्धा भएको थियो । १० औं राष्ट्रिय खेलको लागि नवलपरासी, बाग्लुङ, रुपन्देही, पाल्प, गुल्मी, तेह्रथुम, काठमाडौं, भक्तपुर, कास्की, काभ्रे, म्यादी र मोरङ गरी १२ वटा जिल्लाबाट ३२५ जना खेलाडीहरु सहभागि भएका थिए । खेलमा आस्मा श्रेष्ठ, नितेन कुमार रौनियार, रगुन श्रेष्ठ, कृष्ण कुमार थापा मगर र दिपेन्द्र बुढा मगर, जुरी तथा निर्णायकको भूमिकामा रहेका थिए ।

त्यस्तै सनिल तामाङ, सनसिला पटेल, दिनेश वि.क., सन्देश घर्ति, जीवन रसाइली, सुजन बुढा मगर, एलिस घर्ति मगर, निस्तुला शर्मा, पुजा बि.क., प्रियङ्का सुनार, प्र्रविना पुन, अनिता तामाङ, सुदिप थापा मगर, सुदिप विश्वकर्मा र आयुश राना मगर रेफ्रीको भूमिकामा रहेका थिए ।

आयोजक तथा कोशी प्रदेश सि.एच. आईटिएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेलले निर्णायक र रेफ्रिहरुलाई मायाको चिनो र प्रमाण–पत्र प्रदान गरेका थिए । कोशी प्रदेश सि.एच. आईटिएफ तेक्वान्दो संघको आयोजनामा पहिलो पटक मोरङको कानेपोखरी गाउँपालिकामा १० औं राष्ट्रिय सि.एच.आईटिएफ तेक्वान्दो च्यामपियनसिप भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र विशिष्ट अतिथि उपाध्यक्ष भोला प्रसाद अधिकारी, विशिष्ट अतिथि नेपाल चाङ हुन सिएच आईटिएफ तेक्वान्दो महासंघ केन्द्रिय अध्यक्ष बुशल बुढा मगर रहेका थिए । अतिथिहरु वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत, वडा नं. ५ का वडा अध्यक्ष चरण गुरुङ, वडा नं. ६ का वडा सदस्य तथा गाउँ कार्यपालिका सदस्य शुशिला श्रेष्ठ, मोरङ खेलकुद विकास समितिका सदस्य कुमार फुयल रहेका थिए ।

कार्यक्रममा महासंघ केन्द्रीय उपाध्यक्ष नितेन कुमार रौनियार, प्रथम थापा मगर, महासंघ केन्दी्रय सदस्य रगुन श्रेष्ठ अतिथि रहेका थिए । त्यस्तै सिएचआईटिएफ तेक्वान्दो संघका जिल्ला अध्यक्षहरु जीवन रसाइली बाग्लुङ, सन्देश घर्ति मगर रोल्पा, विकेश श्रेष्ठ भक्तपुर, सनसिला पटेल कास्की, प्रविना पुन म्यादी, अमित थापा मगर पाल्पा, बोमबहादुर बुढा रुपन्देही र विद्यानन्द चौधरी मोरङबाट अतिथि रहेका थिए । त्यस्तै निसिखोला गाउँपालिका सिएच आईटिएफ प्रशिक्षक सुजन बुढा मगर र मुना रसाइली पनि अतिथि रहेका थिए ।

कार्यक्रममा जनसेवा माविका प्रधानाध्यापक प्रमोद निरौला, माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमीका प्रिन्सिपल होम थापा मगर, जेनिथ इङ्लिस स्कुलका प्रिन्सिपल खिलराज भट्टराई, सर्चलाईट इङ्लिस स्कुलका संस्थापक महेन्द्र बोहोरा, कानेपोखरी स्काउण्टका संयोजक होम न्यौपाने, माइलो जनएकता साकोसका अध्यक्ष त्रिभूनाथ फुयल, स्थानीय समाजसेवी दानबहादुर बस्नेत, समजसेवी भूपाल खवास, समाजसेवी प्रकाश धिमाल लगाएत अतिथि रहेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य कोशी प्रदेश सि.एच. आईटिएफ तेक्वान्दो संघका उपाध्यक्ष अशोक फुयलले गरेका थिए । कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघका सहसचिव राजकुमारी तामाङ र कोषाध्यक्ष अन्जुला श्रेष्ठले अतिथिहरुलाई व्याज वितरण गरेका थिए कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सचिव दिनेश सुब्बाले संचालन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes