पथरी शनिश्चरेको प्रशासनिक भवनको शिलान्यास - Pahilo Online

पथरी शनिश्चरेको प्रशासनिक भवनको शिलान्यास

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।
आज वडा नं. १० को सशस्त्र वेश क्याम्प दक्षिणमा विधिवत रुपमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उप–प्रमुख देविमाया काफ्लेले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो ।
नयाँ भवन निर्माण भए पश्चात् सेवा प्रवाहमा सहज हुने नगर प्रमुख तुम्वापोले विश्वास व्यक्त गर्नुभयो । तुम्वापोले भन्नुभयो–‘प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा धेरै समस्या भएको र नयाँ भवनको निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा थप सहजता हुनेछ ।’
सो पाँचतले प्रशासनिक भवनको क्षेत्रफल ९ हजार २ सय ५२ स्क्वर फुट रहने अपाङ्गमैत्री, जेष्ठ नागरिकमैत्री र बालबालिकामैत्री भवन निर्माण हुनेछ । भवनको लागत ठेक्का आह्वान (बोलपत्र आह्वान) पश्चात् भ्याट र पिएस सहित ११ करोड ८ लाख २५ हजार ७ सय १८ रुपैयाँ लागतमा निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, शुभकामना मन्तव्य पूर्व गाविस अध्यक्ष मोहन कुमार न्यौपाने, पूर्व नगर प्रमुख दिलिप कुमार राई, संविधानसभा सदस्यद्वय चण्डीप्रसाद राई र लालबहादुर सुस्लिङ मगर, राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस नगर कमिटी उप–सभापति कुलबहादुर गुरुङले राख्नुभएको थियो ।
कार्यक्रममा वडाध्यक्षहरू लोककिरण न्यौपाने, नविन कार्की, कृष्णबहादुर बस्नेत, वीरबहादुर राई, विजय लिम्बु, भीम राई, कार्यपालिका सदस्यहरु, नगरका शाखा प्रमुखहरु, पूर्व जनप्रतिनिधिहरु, नगरका राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes