पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा जारी पथरी शनिश्चरे आइडल सिगिंङ एण्ड डान्सिङ प्रतियोगिताको मेघा अडिसन सम्पन्न भएको छ ।
शनिबार पथरी शनिश्चरे वडा नं. १ को मनोहर पार्कमा भएको मेघा अडिसनबाट दुवै विधामा २०/ २० जना प्रतियोगी छनौट भएका छन् ।
पहिलो अडिसनबाट हसन्दह र पथरीमा गरी नृत्यमा १ सय १४ जना र गायनमा १ सय २ जनाले भाग लिएका थिए । जसमध्ये नृत्यतर्फ ४८ र गायनतर्फ ५७ गरी १ सय ५जना छनौट भएका थिए । जसमध्ये दोस्रो चरणको प्रतिष्पर्धाबाट २०/ २० छानिएको आयोजक कला साहित्य प्रवद्र्धन समितिका सचिव लक्ष्मीप्रसाद फुयाँलले बताउनुभयो ।
पथरी शनिश्चरे नगरपालिकाको आर्थिक व्यवस्थापनमा नगरको उपसमितिका रुपमा गठन भएको कला साहित्य प्रवद्र्धन समितिले पहिलो पटक पथरी शनिश्चरे नगर स्तरीय खुला सिङगिङ तथा डान्सिङ आइडलका लागि प्रतिष्पर्धा अघि बढेको हो ।
समितिको गीत संगीत विभाग प्रमुख अर्जुन सेञ्चुरी, नृत्य विधाका संयोजक रामबहादुर विश्वकर्माले प्रतियोगिताको संयोजन गरिरहनुभएको छ । जेठ १० गतेको तेस्रो चरणबाट उत्कृष्ठ १० / १० जना छानिनेछन् । त्यसपछि बन्द प्रशिक्षण समेत सञ्चालन सकेपछि चौथो तथा फाइनल चरण जेठ २४ गते हुने समितिका अध्यक्ष धनराज राई अमीरले जनाउनु भयो ।
फाइनलमा दुबै विधाका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ४० हजार, २० हजार र १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रमको समापनका दिन नगर क्षेत्रका एक जना सर्जकलाई नगद २५ हजार, मुहारचित्र र सम्मानपत्रले सम्मानित समेत गरिने कार्यक्रम रहेको छ ।