उपभोक्ता महासंघद्वारा विभिन्न व्यक्तिलाई सम्मान - Pahilo Online

उपभोक्ता महासंघद्वारा विभिन्न व्यक्तिलाई सम्मान

writer

पहिलो अनलाइन

लेटाङ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ मोरङ (फेकोफन)को तेस्रो जिल्ला परिषदका अवसरमा सामुदायिक वन उपभोक्ता समूहहरुलाई योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तित्व र समूहलाई सम्मान गरिएको छ । मंगरबार फेकोफनको जिल्ला कार्यालय लेटाङमा आयोजित एक समारोहका बीच उनीहरुलाई सम्मान गरिएको हो ।

जसमा पत्रकारिताको पत्रकारिताको माध्यमबाट जिल्ला भित्रका सामुदायिक वन उपभोक्ता समूहहरुले गरेका वन संरक्षण, वन व्यवस्थापन, पर्यापर्यटन, शुशासन, जैविक विविधता संरक्षण, विपन्नमुखी कार्यक्रमको पत्रकारिताको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन योगदान गरेको भनी नेपाल पत्रकार महासंघ मोरङका निवर्तमान कार्यबाहक अध्यक्ष मोहन भट्टराईलाई सम्मान गरिएको थियो । प्रदान गरिएको सम्मान पत्रका भनिएको छ– ‘यस जिल्ला भित्रका सामुदायिक वन उपभोक्ता समूहहरुले गरेका वन संरक्षण, वन व्यवस्थापन, पर्यापर्यटन, शुशासन, जैविक विविधता संरक्षण, विपन्नमुखी कार्यक्रम सहित समूहले गरेका हरेक कृयाकलापहरुको यथार्थ तथा सहि विश्लेषण गर्दै पत्रकारिताको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म उजागर गरि समूहको पक्षमा अधिकार स्थापित गराउन सहयोग गर्नुहुने पत्रकार मोहन भट्टराईलाई तपाईको प्रशंसनीय कार्यको उच्च मुल्याङ्कन गर्दै यो सम्मान(पत्र प्रदान गरिएको छ ।’


सो अवसरमा वनको वैज्ञानिक व्यवस्थापनका माध्यमबाट जडिबुटी एवं काठजन्य जामुन प्रजातितका विरुवा हुर्काएको, पर्यापर्यटकीय स्थल निर्माण गरेको साथै वनको व्यवस्थापन, विमन्न मुखी, सामाजिक कार्यहरु उत्कृष्ट गरेको भन्दै लेटाङ ९ जाँतेस्थित बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरिएको थियो । साथै फेकोफन मोरङको कार्यालय सहयोगिका रुपमा काम गरेर सहयोग गरेको भनी कार्यालय सहयोगी दुर्गादेवी ढकाललाई नगदसहित सम्मान तथा विदाई गरिएको थियो । ढकाल उमेरले असक्त हुँदै गएको हुनाले उनलाई विदाई गरिएको जनाइएको छ ।


सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रदेश वन मन्त्री एवं प्रदेशसभा सदस्य गणेश उप्रेती शुशील, फेकोफन केन्द्रीय महासचिव पार्र्वता गौतम, फेकोफन प्रदेश अध्यक्ष तुलसी संग्रौला, जिल्ला कार्यवाहक अध्यक्ष मदन पोखरेललगायतले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ मोरङको तेस्रो जिल्ला परिषद तथा सम्मान कार्यक्रममा बोल्दै प्रमख अतिथि पूर्व प्रदेश वन मन्त्री उप्रेतीले वन क्षेत्रको प्रमुख स्टेक होल्डर वन्यजन्तु भएको उल्लेख गर्दै जैविक विविधताको संरक्षण वन समूह र सरकार दुवैको कर्तव्य भएको बताए ।


उनले वनसम्बन्धी नीति, नियम, कार्यविधि र प्रदेश वन नियमावलीहरुको प्रभावकारी कार्यान्वयनका लागि उपभोक्ता समूहहरुको पारदर्शिता आवश्यक रहेको उल्लेख गरे । साथै, सामुदायिक वन समूहहरूले गरेका सकारात्मक कार्यहरूको प्रशंसा गर्दै, वन उद्यमशीलता, वन पर्यटनको विकास र दश प्रतिशत कर नीतिबारे पनि आफ्नो धारणा व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) की केन्द्रीय महासचिव पार्वता गौतमले सामुदायिक वन उपभोक्ता समूहहरूले पारदर्शिता र उत्तरदायित्वका साथ कार्य गर्नुपर्नेमा जोड दिइन् । गौतमले महिला, दलित र पिछडिएको समुदायको समावेशीतालाई प्राथमिकता दिनुपर्ने धारणा पनि राखिन् ।

त्यस्तै, फेकोफन कोसी प्रदेश अध्यक्ष तुलसी संग्रौलाले सामुदायिक वनले समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको भन्दै यसको थप संस्थागत विकास आवश्यक रहेको बताए ।

कार्यक्रममा लेटाङ नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष डम्बर राईले वन्यजन्तुबाट किसानलाई भएको नोक्सानीको क्षतिपूर्तिको व्यवस्था, वन क्षेत्रमा रहेका पक्की चिहानहरूको न्यूनिकरण, दश प्रतिशत कर खारेज र आर्थिक रुपमा कमजोर वन समूहको सशक्तिकरणका विषयमा धारणा राखेका थिए ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गणेश उप्रेती र विशिष्ट अतिथि पार्वता गौतमले विरुवा रोपेर तथा पानी हालेर गरेका थिए ।
कार्यक्रममा फेकोफन मोरङका कार्यबाहक अध्यक्ष मदन पोखरेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल सामुदायिक वनकर्मीहरुको छाता संगठनको रुपमा स्थापना २०५२ सालमा भए पश्चात यसले धेरै आरोह, अवरोह र चुनौतिहरुको सामना गर्दै आएको बताए।

कार्यबाहक अध्यक्ष पोखरेलले जिल्लामा १७ वटा पालिका रहेका छन्। जसमा ९ वटा पालिका मा वन क्षेत्र रहेको छ। यस जिल्लामा ९ वटा पालिका महासंघ रहेका छन्। जसमा सुन्दरहरैचा न.पा. बेलवारी, पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ, रंगेली र गाँउपालिकाहरुमा केरावारी, कानेपोखरी, मिक्लाजुङ्ग, रहेको जानकारी दिए । पोखरेलका अनुसार कुल बन क्षेत्र ४४०७५ हेक्टर मध्ये २३,५६८र४७ हेक्टर क्षेत्रफलमा १४० सामुदयिक वन पर्दछन् भने साझेदारी वन ४ वटामा ७२६२।५८हेक्टर रहेको छ। धार्मिक बन १२ वटा, कवोलियति वन २२ निजी वन ६३८ हे रहेको छ भने बाँकी १६०१९।४४ हेक्टर अझै पनि सरकारको संरक्षणमा रहेको छ।

पोखरेलले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ मोरङको आगामी कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।
जसमा
१. स्यानीय सरकार संचालन ऐन २०७४ ले व्यवस्था गरे बमोजिम स्थानीय पालीकालाई समुहले आन्तरीक र बाह्य विक्रिको १० प्रतिशत रकम बुझाउन भनिएको मा आन्तरीक बिक्रिको पनि १० प्रतिशतम बुझाउदा समुहलाई मार पर्ने भएकोले आन्तरिक विक्रीको १० प्रतिशत नलीइ दिनको लागी फेकोफोन प्रदेश, केन्द्र मार्फत नेपाल सरकार संग अनुरोध गर्ने ।

२. व्यापारी प्रयोजनको लागी बाह्य विकि गर्दा प्रति क्युविक फिट लाग्ने शुल्क समुहले तिर्दै आएको ले सो विषय प्रदेशको राजश्व परामर्स समिति मार्फत निजी आवादीको वन पैदावार खरीदकर्ताले बुझाउनको लागी प्रदेश सरकार संग अनुरोध गर्ने ।

३. मोरङ जिल्लामा वन क्षेत्र उत्तर तर्फरहेको र ठूलो बस्ती तराई तिर समेत रहेको ले तराईमा वन पैदावारलाई आत्मनिर्भर बनाउन नगर, गाँउपालिका संग समन्वय गरी वृक्षरोपणको पहल गरिने साथै निजी वनको लागि समुहहरुमा र तराईका वस्तीहरुमा अभिप्रेरित गरिने छ ।

४. समुहहरुमा विधान परिमार्जन साथै वन कार्ययोजना निर्माण र नविकरणको लागि प्राविधिक सहयोग गरिने छ ।

५. अनियन्त्रित रुपमा यस जिल्लाका खोलाहरुमा डुंगा, गिटी, बालुवा निकाली आइईई, इआइए ले दिएको प्रतिवेदन बमोजिम उत्खनन् बढी भएको भन्ने गुनासो कृषक हरुबाट वारम्वार आएकोले सम्बन्धित पालिका संग छलफल गरी मापडण्ड बमोजिम गर्नको लागि पालिकावाट अनुगमनलाई तिव्र बनाउन अनुरोध गर्ने ।

६. यस जिल्लामा रहेका नौ वटै स्थानीय महासंघ संग समन्वय गरी सोही महासंग अन्तर्गतका सबै समुहहरुका प्रतिनिधी समेतको उपस्थितीमा वर्तमान सवाल निति कानुन साथै उद्यमशिलता सम्बन्धि अन्तरकृया गर्ने ।
११. उत्पादित फलफुलहरुमा आत्मनिर्भर रहन मोरङका सामुदायिक वन उपभोक्ता समूहका कार्यालय कम्पाउण्ड भित्र फलफुल खेति लगाउन साथै वन्यजन्तुले किसानले लगाएको बाली लागि वन क्षेत्रभित्र समेत वन्य जन्तुलाई अनुकुलन हुने महासंघ स्वयम लाग्ने जानकारी गराउदछु। कार्यालय कम्पाउण्ड भित्र फलफुल को हुनाले बन्य जन्तुको आहारको लगाउन समुहलाई अभिप्रेरित गरी

१२. बर्षेनी लाग्ने वन डढेलोलाई न्यूनिकरण गर्न समुहहरु संग समन्वय गरी प्रचार प्रसारलाई तिव बनाइने साथै सम्बन्धित निकायहरु संग परामर्स गरी वन क्षेत्रमा रहेका पतझरहरुलाई व्यवस्थीत गर्दै समुहलाई कम्पोष्टमल वनाउन पहल गराइने छ ।

१३ समुहहरुमा आयश्रोत बढाउन मौरी पालनको लागि अभिप्रेरित गरीने जस्ले गर्दा धारको मौरीको आवाजले हात्ती ले समुदायलाइ दिइएको दुखको न्यूनिकरण समेत रहने छ ।

१४. वन क्षेत्रमा देखिएका सवालहरुमा समुहको पक्षमा विभिन्न सरोकारवालाहरुसंग समन्वय गरी अन्तरकिया कार्यक्रमहरु आवश्यकता बमोजिम गर्दै रहेको कार्यक्रमलाई निरन्तरता दिदै लगीने छ ।

नगर महासंघ लेटाङका अध्यक्ष आनन्द सागर तिम्सिनाले स्वागत गरेको कार्यक्रममा फेकोफन मोरङ महासचिव बालकुमारी कट्टेलले सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा फेकोफन केन्द्रीय उप महासचिव सिता श्रेष्ठ, केन्द्रीय सदस्य रोहिणी प्रसाद गौतम, प्रदेश महासचिव रेणुका दाहाल, प्रदेश सचिवालय सदस्य अग्नी पौडेल, प्रदेश सदस्य सुनिता तामाङलगायत जिल्लाका पदाधिकारीहरु, ९ वटै गाउँ नगर महासंघका अध्यक्ष एवं पदाधिकारीहरु, वन समूहका पदाधिकारीहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

जिल्ला परिषदले सामुदायिक वनका चुनौती र सम्भावनाहरूमा गहिरो छलफल गर्दै आगामी दिनमा सामुदायिक वन व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes