दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिषन र अंकितालाई - Pahilo Online

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिषन र अंकितालाई

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । आज भएको दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिषन राईले जितेका छन् । पुरुषतर्फ राई र महिलातर्फ अंकिता राईले उपाधि चुमिन् ।

भिषनले १० किलोमिटर दुरी २६ मिनेट ५७ सेकेन्डमा पूरा गरेका थिए । महिलातर्फकी धाविक अंकिता राईले १० किलोमिटर ३८ मिनेट १६ सेकेन्डमा पार गरेर उपाधि चुमिन् । पुरुषतर्फ सोनुप राई द्वितीय, आशिष मण्डल त्रितीय र प्रशान्त पौडेल सान्तवना भए । राईले २७ मिनेट २० सेकेन्ड, मण्डलले २७ मिनेट ३७ सेकेन्ड र पौडेलले २७ मिनेट ५६ मिनेटमा दुरी पार गरे ।

यसैगरी महिलातर्फ स्मारिका गौतम दोस्रो, सुविस्म लिम्बु तेस्रो, मनिका माझी सान्तवना भए । गौतमले ४१ मिनेट २८ सेकेन्ड, लिम्बुले ४२ मिनेट ३ सेकेन्ड र माझीले ४२ मिनेट ५० सेकेन्डमा दूरी पार गरे । पथरी शनिश्चरे वडा नं.८ को मंगलबारे बजारबाट किर्तिपर हुँदै सुन्दरीचौक सम्म गराइएको दौड प्रतियोगितामा सबै सानो उमेर १२ का चोलुङ सेर्माले पनि दौड पूरा गरेका थिए ।

विजेता, उप–विजेताहरुलाई समापन कार्यक्रममा पुरस्कृत गरिने नगर खेलकुद विकास समितिका सदस्य सचिव नविन खुलालले जानकारी दिनुभयो । दौडको उद्घाटन नगर उप–प्रमुख देविमाया काफ्लेले रिबन काटेर गर्नुभएको थियो । दौड प्रतियोगितामा वडाध्यक्षहरु उद्धवराज बस्नेत, लोककिरण न्यौपाने, नविन कार्की लगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes