पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे–७ मा रहेको मायादेवी पार्क व्यवस्थापन समितिले आफ्नो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाका अवसरमा विविध कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रम अन्तर्गत सालिक उद्घाटन, सम्मान तथा कदर–पत्र वितरण, कृष्णकुमारी राईको ‘जीवन यात्रा’ पुस्तक विमोचन तथा कृष्णकुमारी विश्वकर्माको जन्मोत्सव मनाइएको थियो। स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा मायादेवी पार्क व्यवस्थापन समितिले विगत वर्षको गतिविधि तथा भावी योजनाबारे छलफल गरिएको थियो ।
डान्स एकेडेमीलाई कदर–पत्र
साधारण सभाको अवसरमा पथरी डान्स एकेडेमी सेन्टर (प.श. ७) लाई मायादेवी पार्कका कार्यक्रमहरूमा निरन्तर नृत्य प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरेकोमा विशेष सम्मान गर्दै कदर–पत्र प्रदान गरिएको थियो। कदर–पत्र हस्तान्तरण गर्दै आयोजक समितिले सांस्कृतिक गतिविधिहरूलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
मायादेवी पार्क व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमारी विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य मानबहादुर लिम्बु, विशिष्ट अतिथि प्रदेशसभा सदस्य गीता तिम्सिना, संविधानसभा सदस्यद्वय लालबहादुर सुस्लिङ मगर र चण्डीप्रसाद राईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सचिव जोन सुब्बाले सञ्चालन गरेको कार्यक्रममा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।