शनिश्चरे, पथरी शनिश्चरे वडा नं. ९ रिंगुवामा स्थापित श्री आदर्श सीता आधारभूत विद्यालयले आफ्नो १८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८१ मनाएको छ ।
विद्यालय हातामा भएको सो कार्यक्रममा विद्यार्थीहरुका लागि विभिन्न पुरस्कार, विद्यालयलाई सहयोग गर्नुहुने दाताहरुलाई सम्मान र साँस्कृतिक कार्यक्रम गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई रहनुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक जीवन खत्री, शिक्षिका मेनुका लिम्बु, पार्वती कार्की र कर्मचारी इन्दिरा दाहाललाई सम्मान गरिएको थियो ।
यसैगरी विद्यालय सहयोग गर्नुहुने हेमसागर चापागाई लगायतलाई सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक रिता कुमारी धिमालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, नगरका शिक्षा शाखा प्रमुख नविन खुलालले शुभकामना मन्तव्य राख्नुभएको थियो । यस्तै वार्षिकोत्स्वमा वडाका जनप्रतिनिधिहरू, शिक्षा समिति सदस्यहरु पर्शुराम मिश्र, कुमारी माझी, भद्रमान घिमिरे, अन्य विद्यालयका प्रधानाध्यापक तथा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।