शनिश्चरे, पथरी शनिश्चरे वडा नं. ८ ले ‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
शुक्रबार वडा कार्यालयमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई विद्यालय पोशाक, ब्याग, डटपेन, पेन्सिल र कापी वितरण गरिएको हो । वडाका बुद्ध मावि सोमबारेका २० जना, दुर्गा आवि शुक्रबारेका १४ जना र मिलन आवि मिलन चौकका १० जना विद्यार्थीहरु गरी कूल ४४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
वडाध्यक्ष नविन कार्कीको अध्यक्षतमा भएको सो कार्यक्रममा वडा सदस्यहरु बाबुराम चौधरी, शिवमाया विश्वकर्मा र विद्यालयका व्यवस्थापन समिती, शिक्षक शिक्षिकहरुको उपस्थिति रहेको थियो ।