फागुन १३ गते प्रचण्ड कानेपोखरी आउने - Pahilo Online

फागुन १३ गते प्रचण्ड कानेपोखरी आउने

writer

पहिलो अनलाइन

कानेपोखरी (मोरङ) । नेकपा (माओवादी केन्द्र) कानेपोखरी गाउँपालिकाको दोस्रो गाउँ अधिवेशन, खबरदारी सभा तथा वृहत्त पार्टी प्रवेश कार्यक्रम यही फागुन १३ गते आयोजना हुने भएको छ । सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कानेपोखरी आउने भएका छन् ।

कार्यक्रम कानेपोखरी–६ रमाइलोस्थित जनसेवा माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ । उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति एवं झाँकी प्रदर्शन गरिनेछ । पार्टी विस्तार अभियानलाई सशक्त बनाउन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम भव्य बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ ।

विभिन्न उपसमितिहरू र जिम्मेवारी
१. स्वागत, आर्थिक तथा मञ्च व्यवस्थापन समितिः
संयोजकः दुर्गा कार्की
सचिवः रोशन कार्की
कोषाध्यक्षः रत्नीमाया धिमाल
सदस्यहरूः तारा ओझा, सुनिता धिमाललगायत

२. सुरक्षा समितिः
संयोजकः गोविन्द अधिकारी
सह–संयोजकः रोशन थुलुङ राई
सदस्यहरूः भुपेन लिम्बु, विशाल भण्डारी, नविन गुरुङ, विजय खतिवडा

३. सांस्कृतिक कार्यक्रम उपसमितिः
संयोजकः भोजविर माझी
सदस्यहरूः नविन राई, लव ओझा, मनोज राजवंशी, खुल्लु राजवंशी

४. प्रचार–प्रसार तथा सञ्चार समितिः
संयोजकः जनक ढकाल

५. स्वास्थ्य तथा आपतकालीन व्यवस्थापन समितिः
संयोजकः प्रकाश धिमाल

संयुक्त बैठकमा भएको निर्णयहरू
फागुन १३ गतेको कार्यक्रमलाई सफल बनाउन माओवादी केन्द्र कानेपोखरी गाउँपार्टी कमिटीका पदाधिकारी, सदस्यहरू तथा वडा पार्टीका अध्यक्ष एवं सचिवहरू सहित संयुक्त बैठक सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इञ्चार्ज कुलप्रसाद साँबा (कुशल) ले कार्यक्रम भव्यरूपमा सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले कार्यक्रममा ठूलो संख्यामा जनसहभागिता हुने विश्वास व्यक्त गरे । उनले यसलाई पार्टीको जनतासँगको सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा लिनुपर्ने बताए ।


सो अवसरमा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं आर्क इञ्चार्ज, प्रदेशसभा सदस्य गीता तिम्सिनाले कार्यक्रममा स्थानीय जनताले ठूलो संख्यामा उपस्थिति जनाउने विश्वास व्यक्त गरिन् । उनले यो अभियानलाई पार्टी पुनर्संरचनाको महत्वपूर्ण अंशको रूपमा चित्रण गरिन् ।

संविधान सभा सदस्य एवं पार्टी केन्द्रीय सदस्य लालबहादुर सुस्लिङ मगरले माओवादी केन्द्रले विगतमा गरेका उपलब्धिहरूलाई स्मरण गर्दै भावी कार्यदिशाबारे जानकारी गराउने बताए । उनले संगठन सुदृढीकरणका लागि स्थानीयस्तरमा नेताहरूले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए ।

त्यसैगरी, प्रदेश कमिटी सदस्य एवं गाउँपार्टी इञ्चार्ज अम्बिका अर्यालले पार्टी विस्तार अभियानलाई सशक्त बनाउनुपर्ने धारणा राखेका थिए । उनले कार्यक्रममा सहभागी हुने सदस्यहरूको भूमिकाबारे प्रकाश पारे ।

गाउँपार्टी सह–इञ्चार्ज भोजविर माझीले स्थानीयस्तरमा पार्टीको सक्रियता बढाउन कार्यक्रम महत्वपूर्ण हुने बताए । उनले किसान, मजदुर युवा तथा महिला समूहहरूसँगको समन्वय बढाएर पार्टीको जरा मजबुत बनाउनुपर्ने बताए ।

गाउँपार्टी सचिव रोशन कार्कीले सञ्चालन गरेको बैठक गाउँपार्टी अध्यक्ष दुर्गा बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes