हसन्दहमा पथरी शनिश्चरे नगरको ‘सार्वजानिक सुनुवाई’ - Pahilo Online

हसन्दहमा पथरी शनिश्चरे नगरको ‘सार्वजानिक सुनुवाई’

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा सार्वजानिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार वडा नं. ५ र ६ को पायक पर्ने स्थान हसन्दह बजारमा आयोजना गरिएको सार्वजानिक सुनुवाई कार्यक्रममा विशेषतः नगरको विकास निर्माण, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्वन्धित सवालहरु उठेका थिए ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरवासीको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । इङ्घम मिडिया प्रा.लि.को सहकार्यमा भएको सो कार्यक्रममा उठेका सवालहरु जवाफ नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई र स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले दिनुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत राईले सुझावका रुपमा आएका शव वाहनमा स्टेचर, माला झुन्ड्याउने रड र हसन्दह बजारमा लाइट , डस्बिन, विपन्नको फुसको छानो हटाउने अभियान तुरुन्त गरिने प्रतिवद्धता जाहेर गर्नुभयो ।
यसैगरी नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगरपालिकामा सम्पन्न भएका र हुन बाँकी विकास योजनाहरुलाई ताकेता गरिरहेको बताउनुहुँदै अधुरा कामहरु छिट्टै पूरा गर्ने बताउँदै समग्र नगरका विषयमा आफू सिरियस भएर लागिपरेको सुझाउनुभयो ।
सार्वजानिक सुनुवाई कार्यक्रम नगर उप–प्रमुख देविमाया काफ्ले, वडा नं. १ का वडाध्यक्ष भीम राई, वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, वडा नं. ३ का कार्यवाहक अध्यक्ष चन्द्रप्रकाश चेम्जोङ, वडा नं. ६ का कार्यवहक अध्यक्ष विष्णुकुमार लिम्बु, नगरपालिकाका शाखा प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षक बिुद्धिजिवीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
नगरको सार्वजानिक सुनुवाई कार्यक्रम यसभन्दा अघि पथरी शनिश्चरे वडा नं. ९ को शनिश्चरे बजार, वडा नं. ४ र ७ को किर्तिपुर बजारमा सम्पन्न भइसकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes