पथरी शनिश्चरे नगरपालिकाको १६ औं नगरसभा सम्पन्न - Pahilo Online

पथरी शनिश्चरे नगरपालिकाको १६ औं नगरसभा सम्पन्न

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिकाको १६ औं नगर सभा सम्पन्न भएको छ । आज पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको १६ औं नगरसभामा विभिन्न समितिका प्रतिवेदनहरु प्रस्तुत भएको थियो ।
सोही क्रममा नगरको संसोधित बजेट वडा नं. ८ का अध्यक्ष एवं नगर प्रवक्ता नविन कार्कीले प्रस्तुत गर्नुभयो । यसैगरी लेखा समितिका संयोजक भीम राईले लेखा समितिको प्रतिवेदन, सुशासन तथा संस्थागत विकास समितिका संयोजक बिजय लिम्बुले सुशासन सम्वन्धी प्रतिवेदन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र शिक्षा ऐन २०७९ को पहिलो संसोधन विधायन समितिका संयोजक नैना राईले प्रस्तुत गर्नभएको थियो । नगर सभाले सो प्रतिवेदनहरु प्रस्तुत पश्चात् सर्वसम्मत रुपमा पारित गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes