पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाले विपन्न परिवारलाई आवासीय घर निर्माण गरी हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।
सोही क्रममा आज वडा नं. ७ का अति विपन्न दुई परिवारलाई आवासीय घर निर्माण पूरा गरी हस्तान्तरण गरेको छ । नगर उप–प्रमुख देविमाया काफ्लेको अगुवाईमा २ परिवारलाई आवासीय घर हस्तान्तरण गरिएको हो । वडा नं. ७ का महेन्द्र प्रसाद दाहाल र इन्द्रबहादुर लिम्बुलाई घर हस्तान्तण गरिएको हो ।
नगरको विपन्न नागरिक आवास सम्वन्धि कार्यविधि २०८० अन्तर्गत लक्षित वर्गलाई आवासीय घर निर्माण पश्चात् हस्तान्तरण गरिएको हो । यसैगरी सो आवास हस्तान्तरण कार्यक्रममा नगरका योजना शाखा प्रमुख एवं सूचना अधिकारी शिव कुमार राई, राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल, वडा सदस्य मणिकुमार लिम्बु, प्राविधिक रन्जित राजवंशी लगायतको उपस्थिति रहेको थियो ।