शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकामा वारिष्टा सिप विकास तालिमको उद्घाटन गरिएको छ ।
नगरपालिकाको लघु उद्यम विकास शाखाको आयोजनामा वडा नं. ४ मा उद्यमशिलता विकास तालिम लिएका १६ जना सहभागीहरुको लागि एक महिने सो वारिष्टा सिप विकास तालिम सञ्चालन गरिएको हो ।
बुधबार नगरपालिकाको सभाहलमा तालिमको उद्घाटन गरिएको थियो । नगर उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्य तथा वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण)को अध्यक्षतामा सो तालिमको उद्घाटन गरिएको हो । नगरका लघु उद्यम सहजकर्ता भगवती कटुवालले सञ्चालन गर्नुभएको सो कार्यक्रमको सहजकर्ता योगेन्द्र राना मगर गरिहनुभएको छ । कार्यक्रममा वडा सदस्य उपेन्द्र बहादुर कार्की र पूर्व वडाध्यक्ष गोविन्द भण्डारीको पनि उपस्थिति रहेको थियो ।