रेड स्टार मावि तथा ऋतम्भरा कलेजका विद्यार्थीलाई मोटिभेसन - Pahilo Online

रेड स्टार मावि तथा ऋतम्भरा कलेजका विद्यार्थीलाई मोटिभेसन

writer

छविराज ढकाल

पथरी शनिश्चरे / नेपालका स्ट्याण्ड- अप कमेडियनको रूपमा सुपरिचित हाँस्य कलाकार सन्दीप क्षेत्रीले पथरी शनिश्चरेमा आफ्नो बेजोड प्रस्तुति दिएका छन्। आज आईतबार मोरङको पथरिशनिश्चरे वडा नं २ को सीन भिलेज पार्टी प्यालेसमा रेडस्टार अंग्रेजी माध्यमिक विद्यालयद्वारा आयोजित कार्यक्रममा उनले मोटिभेसनल हास्यव्यङ्ग्य प्रहर्सन दिएका हुन्।

विद्यार्थीहरूलाई करियर निर्माण सम्बन्धी विशेष ‘मोटिभेसनल स्पीच’ दिनुहुँदै उत्प्रेरक कलाकार क्षेत्रीले दृढ संकल्पका साथ निरन्तर अभ्यास गरीरहे मात्रै हरेक कुरामा सफलता प्राप्त हुने उत्प्रेरणा जगाएका थिए। कार्यक्रमको पहिलो सत्रमा इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले लागुपदार्थ दुर्व्यसनी तथा साइबर क्राइम न्युनीकरण सचेतनामूलक कार्यक्रमको सहजीकरण गरेका थिए।

पथरी शनिश्चरे नगरपालिकाकाे शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहाल, ऋतम्भरा बहुमुखी क्याम्पस तथा रेडस्टार अंग्रेजी माविका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिना, सोहि विद्यालयका संस्थापक एवंम् आई.एस.ए. कोअर्डिनेटर राजु तिम्सिना , संस्थापक विजय डाँगी , लर्ड बुद्ध साकोसका व्यवस्थापक गणेश कुमार वाछाना राई, लगायत उपस्थित रहेको उक्त कार्यक्रममा शिक्षक – शिक्षिका तथा कक्षा ११ /१२ र ऋतम्भरा कलेजका ७ सय बढी छात्र- छात्राहरू उपस्थिति रहेको थियो।

राष्ट्रिय सेवा दलका क्याडिट विद्यार्थीहरुले कलाकार क्षेत्रीलाई स्वागत सम्मान गरेका थिए। कलाकार क्षेत्रीले आजदेखि सञ्चालन भएको प्रिएसइइ बोर्ड परीक्षामा सहभागी विभिन्न विद्यालयका छात्र छात्राहरूलाई पनि अवलोकन – भ्रमण गरी शुभकामना प्रदान गरेका थिए।

केही महिना अगाडि हाँस्य कलाकार मनोज गजुरेलले हाँस्य प्रस्तुति मार्फत मोटिभेसनल उत्प्रेरणा प्रदान गरेको निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाले जानकारी दिनुभयो। उक्त कार्यक्रमको सञ्चालन ऋतम्भरा बहुमुखी कलेजकी छात्रा कृतिका भट्टराईले सञ्चालन गरेकी थिइन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes