पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले अति विपन्न वर्गका क्षयरोगीलाई पोषण खाद्यान्न सामग्री वितरण गरेको छ ।
बि.एन.एम.टी. युके र सावित्री बस्न्यात फण्ड फर टि.बी.को आर्थिक सहयोगमा बि.एन.एम.टी. नेपालद्वारा सञ्चालित ‘पोषण परियोजना’ अन्तर्गत ९ जना क्षयरोगीलाई चामल, नुन, अण्डा, सब्जीजस्ता पोषणयुक्त सामग्री प्रदान गरिएको हो ।
स्वास्थ्य शाखा क्षयरोग संयोजक डा. मुकेश पौडेलका अनुसार कार्तिक १ देखि २९ गतेसम्म स्वास्थ्य केन्द्र र चौकीहरूले पत्ता लगाएका रोगीलाई यो सहयोग प्रदान गरिएको हो। नगरभित्र हाल १३ जना अति विपन्न क्षयरोगी नियमित औषधि सेवन गरिरहेका छन् ।
पछिल्लो तथ्याङ्कअनुसार नगरभित्र एक वर्षमा १ सयभन्दा बढी क्षयरोगी देखिएका छन् ।