दुवै मृगौला फेल भएकी छोरीको जीवन बचाइ दिन अपिल - Pahilo Online

दुवै मृगौला फेल भएकी छोरीको जीवन बचाइ दिन अपिल

writer

पहिलो अनलाइन

शनिश्चरे । छोरीको दुवै मृगौला फेल भएपछि उपचारका लागि आमाले अपिल गरेकी छिन् । पढ्ने उमेरको लक्का जवान छोरीको दुवै मृगौला फेल भएपछि उनी इन्तु न चित्नु भएकी छिन् ।

मोरङ पथरीशनिश्चरे नगरपालिका– ९ खरेल डाँडा निवासी शान्ति राईकी छोरी १७ वर्षीया सलिना राईको दुवै मृगौला फेल भएर अहिले मृत्युसँग संघर्ष गरिरहेकी छिन् ।


घरको आर्थिक अवस्था निकै नाजुक रहेको राई परिवार अहिले उपचार गराउँदा भएभरको जेथो सकिएपछि छोरीको जीवन बचाइदिन सबैसँग सहयोगको याचना गरिहेको छ । २०८१ जेठदेखि बिरामी परेकी छोरी सलिना स्थानीय भागिरथ मावि कक्षा–१२ मा पढ्दैछिन् । पाँचजनाको परिवारको गुजरा र छोरीको डाइलासिस गर्दा लाग्ने खर्च जुटाउन नसकेर शान्ति र उनका श्रीमान् विपिनलाई निकै समस्या परेको छ ।

सलिनाको बुढीगंगास्थित विराट टिचिङ हस्पिटलमा नियमित डाइलासिस भइरहेको बुबा विपिनले बताए । ‘डाइलासिस निःशुल्क भएपनि रगत दिँदा, केही औषधी र सुई लगाउनु पर्दा पैसा आफैंले तिर्नुपर्छ । हप्ताको दुई पटक डाइलासिस गर्नुपर्छ । त्यतिबेला कम्तिमा तीन हजार रुपैयाँ खर्च लाग्छ । पाँचजनाको परिवार पाल्ने जिम्मेवारी पनि छ’ शान्तिका श्रीमान् विपिनले समस्या सुनाउँदै भने, ‘छोरीलाई बचाउन डाइलासिसले मात्र हुँदैन । मृगौला नै प्रत्यारोपण गर्नुपर्छ । छोरीको ब्लड ग्रुपसँग मेरो मिल्छ तर प्रत्यारोपण गर्ने खर्च हामीसँग छैन । कसरी छोरी बचाउँ ?’


छोरीको दुवै मृगौला फेल भएपछि उनी अहिले उपचारका लागि सबैसँग सहयोगको अपिल गरिहेका छन् । आफ्नो एउटा मृगौला छोरीकोमा प्रत्यारोपण गर्न चिकित्सकले १० लाख रुपैयाँ खर्च लाग्ने बताएको उनले जनाए ।

आफुसँग भएको सबै रकम सकिएर साथीभाइसँग सरसापटी गरी उपचार गर्दा अहिलेसम्म ६ लाख रुपैयाँ खर्च भइसकेको विपिनले बताए । छोरीको उपचार खर्च जुुटाउन विपिन वैदेशिक रोजगारीका लागि गत साउनमा दुवइ पुगेका थिए । तर छोरीको अवस्था नाजुक बन्दै गएपछि परिवारको आग्रहमा उनी ३ महिनामै असोजमा नेपाल फर्किए । उनको रोजगारी गुमेको छ । आफ्नो रोजगारी गुमेपछि छोरीको उपचार गराउन ज्यादै सकस परेको विपिनले बताए ।

‘डाक्टरले जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएका छन्,’ विपिनले भने, ‘तर, म आफू एक्लैले छोरीको जीवन बचाउन सक्ने अवस्था छैन, कोही इष्टमित्र, साथीभाइ र मनकारी सहयोगीको सहयोग भएमा मात्र मेरो छोरीले जीवन पाउँछिन् ।’

विपिनको सम्पर्क नम्बर ९७०६६७१५८६ र ९८०७०८९४४८ रहेको छ । सहयोग गर्न चाहने महानुभावले सलिनाकी आमा शान्ति राईको नाममा रहेको सप्तकोसी डेभलपमेन्ट बैक लिमिटेडको खाता नम्बर ०१३००००६२७०१५ मा रकम जम्मा गर्न सकिने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes