विपन्न परिवारलाई घर हस्तान्तरण - Pahilo Online

विपन्न परिवारलाई घर हस्तान्तरण

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिले नगरका अति विपन्न ५ परिवारको आवासीय घर निर्माण पूरा गरी हस्तान्तरण गरेको छ । आज नगर उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा ५ परिवारलाई आवासीय घर हस्तान्तरण गरिएको हो ।

विपन्न नागरिक आवास सम्वन्धि कार्यविधि २०८० अन्तर्गत लक्षित वर्गलाई आवासीय घर निर्माण पश्चात् हस्तान्तरण गरिएको हो । वडा नं. ३ का धनबहादुर लिम्बु, वडा नं. ५ का चुडाकुमारी पौडेल, द्रोणपति ऋषिदेव, वडा नं ६ का नारायण पोखरेल र वडा नं. ७ का लिलामाया आङ्देम्वेलाई आवासको चाबी हस्तान्तरण गरिएको छ ।

सो आवासीय घरमा तीन वडा कोठा, टिनको छानो र बिजुली जडान गरिएको छ । यसैगरी नगरका अन्य विपन्नहरुको आवास पनि क्रमागत रुपमा निर्माण गर्दै हस्तान्तरण गरिने नगर उप–प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

सो आवास हस्तान्तण कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष एवं अनुगमन समितिका संयोजक वीरबहादुर राई, वडा नं. ६ का वडाध्यक्ष कृष्णकुमार बस्नेत, वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, वडा नं. ३ का वडाध्यक्ष बिजय लिम्बु, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, नगर योजना शाखा प्रमुख तथा सूचना अधिकारी शिव कुमार राई, नगरका प्राविधिक, वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes