'गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ'– नगर प्रमुख तुम्वापो - Pahilo Online

‘गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ’– नगर प्रमुख तुम्वापो

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
आज पथरी शनिश्चरे वडा नं. १ सुनाखरी चौकमा अवस्थित सुनाखरी माध्यमिक विद्यालयको ३२ औं वार्षिकोत्सवको अवसरमा प्रमुख तुम्वापोले सो कुरा व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुम्वापोले विद्यालयले तीन दशकको सफल यात्रा पूरा गरेकोमा विद्यालय परिवारलाई बधाई ज्ञापन गर्दै स्थानीय तह र शिक्षाको सहकार्यले मात्र विद्यार्थीको समग्र विकास सम्भव हुने कुरालाई जोड दिनुभयो ।
सो कार्यक्रममा शिक्षा शाखा प्रमुख नविन खुलाल, पञ्चायत मावि व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा, कार्यपालिका सदस्य वीरध्वज शिवा, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, समाजसेवी धनकुमार तामाङ लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक भूमिका मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको प्रगति र आगामी योजनाबारे जानकारी दिनुभयो । यस वर्ष बेस्ट शिक्षकको रूपमा पिताम्बर घिमिरेलाई घोषणा गरिएको थियो । साथै, शिक्षक–शिक्षिका लक्ष्मी देवी खड्का थापा, तेजबहादुर थापा, गजिन्द्रबहादुर काफ्लेलाई सम्मान गर्दै बिदाई गरिएको थियो ।
कार्यक्रमका क्रममा तारानिधि तिम्सिना, बलराम तिम्सिना, र सुनिता भट्टराईलाई शिक्षक सम्मान प्रदान गरिनुका साथै खेलकुद सप्ताहका विजयी छात्र–छात्राहरूलाई पुरस्कार वितरण गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीपकुमार राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई बलराम तिम्सिना र पिताम्बर घिमिरेले संचालन गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes