पथरी शनिश्चरे, नगरको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाका सदस्यका लागि एक दिने सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न भएको छ । मंगलबार पथरी शनिश्चरे नगरपालिकाको सहकारी शाखाको आयोजना भएको तालिममा नगरको नियमन क्षेत्र भित्र का २९ वटा सहकारी संस्थाका शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।
तालिमको उद्घाटन आर्थिक विकास समितिका संयोजक उद्धवराज बस्नेतको अध्यक्षतामा भएको थियो भने सहजकर्ता जिल्ला बचत संघ मोरङका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले गर्नुभएको थियो ।