जग्गा सट्टाभर्ना सम्वन्धी जनप्रतिनिधि र राजनैतिक दलबीच छलफल - Pahilo Online

जग्गा सट्टाभर्ना सम्वन्धी जनप्रतिनिधि र राजनैतिक दलबीच छलफल

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिकामा कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या सम्वन्धमा छलफल कार्यक्रम भएको छ ।
आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा समस्या समाधानका बारेमा जनप्रतिनिधि तथा राजनैतिक दलका प्रतिनिधिहरुसँग अन्तरक्रिया भएको हो ।
कार्यक्रमको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, कोशी टप्पु जग्गा सट्टाभर्ना उस समितिका संयोजक मधु सुदन अधिकारी, सदस्य सचिव कृष्णप्रसाद सापकोटा, सदस्य लालबहादु सुस्लिङले समितिले गर्ने कार्यहरुका बारेमा प्रष्ट्याउनुभएको थियो ।
यसैगरी सो कार्यक्रममा वडाअध्यक्षहरुका तर्फबाट वडा नं. ९ का अध्यक्ष वीरबहादुर राई र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले आ–आफ्ना कुरा राख्नुभएको थियो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले समस्या समाधन गर्न जनप्रतिनिधिले मात्र सम्भव नहुने र यसको समाधानका लागि सबै लागिपर्नुपर्ने बताउनुभयो ।
छलफलले नगरपालिका क्षेत्रमा रहेको कोशी टप्पु जग्गा सट्टा भर्ना समस्या सम्वन्धमा बसोबासी तथा जग्गा धनी दुवै पक्षको समुचित व्यवस्थापन एवं दीर्घकालीन समस्या समाधानका लागि आवश्यकता अनुसार समितिका पदाधिकारी तथा सम्वन्धित कार्यालयका कर्मचारीहरुलाई स्थलगत भ्रमण, जग्गाको रेखाङ्कन/ नापजाँच गर्न प्रतिनिधि, राजनैतिक दलका स्थानीय प्रतिनिधिहरुले आवश्यक सहयोग तथा समन्वय गर्ने निर्णय गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes