नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठक - Pahilo Online

नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठक

writer

पहिलो अनलाइन

पथरी । पथरी शनिश्चरे नगरपालिकामा नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । नगर स्तरीय विपद् व्यवस्थापन समितिको संयोजक नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा आज बैठक सम्पन्न भएको हो ।
बैठकले चैतदेखि नगर भित्र चट्याङ, आगजानी, असिना पानीबाट भएको क्षतिको अनुदान वापत ५ लाख ४८ हजार अनुमोदन गरेको सूचना अधिकारी/योजना तथा प्रशासन शाखा प्रमुख शिव कुमार राईले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शशि राई, लेखा शाखा प्रमुख पिताम्वर वस्ती, शिक्षा अधिकृत नविन खुलालको उपस्थिति रहेको थियो ।
यसैगरी पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेत, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख गणेश कुमार श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes