सामुदिायक वन उपभोक्ता महासंघ मोरङले मनायो २९ औँ स्थापना दिवस - Pahilo Online

सामुदिायक वन उपभोक्ता महासंघ मोरङले मनायो २९ औँ स्थापना दिवस

writer

पहिलो अनलाइन

खोर्साने(मोरङ) । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मोरङले २९ औँ स्थापना दिवस मनाएको छ । १ सय ३२ ओटा वन समुदायहरुको पदाधिकारीहरुको उपस्थितिमा महासंघले आफ्नो स्थापना दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका प्रमुख केदार गुरागाईले वनलाई जोगाउन उपभोक्ताहरु सचेत र संरक्षणका लागि गतिशील हुनुपर्नेमा जोड दिए । गुरागाईले सबै मिलेर आफ्नो क्षेत्रको आर्थिक, सामाजिक र शैक्षिक विकासतर्फ लाग्नुपर्ने बताए । वनस्पति, जनावर, किराहरु र हावा पानी मानवीय जीवनसँग जोडिएको कारण सबै मिलेर जोगाउनु पर्ने प्रमुख गुरागाईको भनाइ थियो ।

सामुदायिक वनहरु लिने मात्र भन्दा समाजका लागि दिने स्तरमा उक्सिनु पर्ने भन्दै प्रमुख गुरागाईले कतिपय वनका पदाधिकारीहरु वीचौलिया जस्तो भएकोले सच्चिनुपर्ने बताए । कटान आदेश लगायतका घट्नाहरुमा वन कर्मचारीसँग मिलेपछि मात्र आदेश लिन नगरमा आउने गरेको भन्दै यस्ता प्रवृत्तिको अन्त्य हुनुपर्ने नगर प्रमुख गुरागाईको भनाइ थियो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) प्रदेश समिति सचिवालय सदस्य अग्नीप्रसाद पौडेलले २९ वर्षको अवधिमा महासंघले आफूलाई नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजको रुपमा स्थापित हुन र परिचित गराउन सफल भएको बताए ।


‘देशव्यापी रुपमा सामुदायिक वन हस्तान्तरण र उपभोक्ता समूहको क्षमता विकासका लागि निरन्तर अभियान तथा कार्यक्रमहरु सञ्चालन गरी सामुदायिक वनलाई स्थानीय समुदायको जीवनको अभिन्न अंगको रुपमा स्थापित गरिएको छ’– पौडेलले भने ।

वन तथा वातावरण र जैविक विविधताको सन्दर्भमा विभिन्न समयमा तर्जुमा हुने वन नीतिहरु, वन ऐन तथा नियमावली, निर्देशिका र कार्यविधि तथा मार्गदर्शनहरुमा सामुदायिक वन उपभोक्ता समूहको अधिकार सुनिश्चितताका लागि विभिन्न वकालतका कार्यहरु गरी सामुदायिक वन अधिकारको सुनिश्चितता गरिएको पौडेलको भनाई छ ।

सामुदायिक वनमा लगाईदै आएको विभिन्न किसिमका करको बोझ हटाउन र सामुदायिक वन उपभोक्ता समूहको कोषमा विभिन्न पक्षबाट हुने हस्तक्षेप राक्नका लागि समुदायस्तरदेखि राष्ट्रियस्तरसम्म आन्दोलन र कानूनी उपचारका माध्यमबाट अधिकांश करको बोझहरु हटाउन सफलता मिलेको समेत उनले जानकारी दिए ।

पौडेलले मोरङको खोलाहरुमा अत्याधिक दोहन भइरहेको बताएका छन् । पौडेलले मोरङको चिसाङ, लेटाङ, उर्लाबारी, मिक्लाजुङ लगायतका खोलाहरुबाट मापदण्ड विपरित अत्याधिक रुपमा गिटी, बालुवा, ढुङ्गा निकालेर दोहन भइरहेको बताए ।

वातावरणीय प्रभाव मुल्याङ्कन (ईआइए) परीक्षण हेर्दा खोलाहरुबाट मापदण्ड र कानुन विपरित मिक्स गिटी, बालुवा र ढुङ्गा गइरहेको तर कसैको ध्यान नपुगेको बताए । खोला दोहनको बारेमा सामुदायिक वन उपभोक्ता महासंघको बिभिन्न तहगत समितिहरुले ध्यान दिनुपर्ने पौडेलले बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष कष्णप्रसाद लुइटेलको सभापतित्वमा भएको कार्यक्रममा संगठन केन्द्रीय समितिका सदस्य रोहिणीप्रसाद गौतम, प्रदेश समितिका सदस्य रामकृष्ण राई, जानुका थापा, ऐनकुमारी दाहाल, कानेपोखरी महासंघका अध्यक्ष नवीन राई, सुन्दर हरैचा समितिका अध्यक्ष सर्मिला कार्की लगायतले शुभकमाना मन्तव्य राखेका थिए ।
महासंघ जिल्ला उपाध्यक्ष मदन पोख्रेलद्वारा स्वागत गरिएको कार्यक्रममा पालिका स्तरीय महासंघ र सामुदायिक वनका पदाधिकारी सदस्यहरु उपस्थित रहेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes