न्यायिक समितिको सार्वजानिक सुनवाई - Pahilo Online

न्यायिक समितिको सार्वजानिक सुनवाई

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे, ‘न्यायिक समितिको क्षेत्राधिकार, कानूनी व्यवस्था र कामकारवाही सम्वन्धी गुनासो तथा सुझाव सम्वन्धमा’ सार्वजानिक सुनवाई कार्यक्रम भएको छ ।
आज वडा नं. २ को सभा हलमा पथरी शनिश्चरे नगर पालिका न्यायिक समितिको आयोजनामा सार्वजानिक सुनवाई कार्यक्रम भएको हो ।
न्यायिक समिति संयोजक एवं नगर उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा वडावासीको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विषयहरुको बारेमा कुरा उठान भएको थियो । उठान भएका प्रश्नहरुलाई नगरपालिकाका कानुनी सल्लाहकार एवं अधिवक्ता दिपक राई, नगर उप–प्रमुख एवम् न्यायिक समिति संयोजक देवीमाया काफ्ले र सरोकारवालहरूले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा वडाध्यक्ष नैना राई, वडा सदस्यहरु, न्यायिक समिति सदस्य पदमबहादुर धिमाल, कल्पना श्रेष्ठ, लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उपप्रमुख एवम् न्यायिक समिति संयोजक देवीमाया काफ्लेको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमलाई न्यायिक समितिका कर्मचारी विश्वमणि निरौलाले संचालन गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes