बाल्मिकीका छात्रमाथि शिक्षकद्वारा मरणासन्न हुने गरी कुटपिट - Pahilo Online

बाल्मिकीका छात्रमाथि शिक्षकद्वारा मरणासन्न हुने गरी कुटपिट

writer

पहिलो अनलाइन

अभिषेश दाहालको पिठ्युँमा पाइपले हानेको निलडाम ।

पथरी । मोरङ पथरीशनिश्चरे–२ बुद्धचोकस्थित बाल्मिकी मेमोरियल आवासीय माविका शिक्षकले विद्यार्थीलाई मरणसन्न हुने गरी कुटपिट गरेका छन् ।

बाल्मिकीका शिक्षकले कक्षा ८ मा अध्ययनरत पथरीशनिश्चरे–७ का अभिषेक दाहाल, कक्षा १० अध्ययनरत विकास ठाकुरलगायत आधा दर्जन छात्रहरुलाई हेण्डराइटिङ नराम्रो भएको भन्दै मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।

शिक्षकको कुटाईबाट पीठियूँभरी नीलडाम भएका घाइते विद्यार्थीहरुको स्थानीय अस्पतालमा सामान्य उपचार भइ घरैमा प्राथमिक उपचार भइरहेको छ। उनीहरुलाई प्लास्टिकको पाईपले अन्धाधुन्ध रुपले कुटपिट गरेको एक प्रत्यक्षदर्शी विद्यार्थीले सुनाए। कुटाईका कारण विद्यार्थीहरुको पीठियूँभरी नीलडाम भएको छ।

बुधबार विद्यालयबाट घर फर्किएपछि शरिर भरी नीलडाम देखिएपछि सोधखोज गर्दा शिक्षकले कुटपिट गरेको थाहा भएको पिडित अभिषेकका ठूलोबुबा गणेश दाहालले बताए । उनले भने, ‘विद्यालयबाट फर्केर घर आएपछि बेलुका आमालाई देखेर सुकसुकाउन थालेपछि सोधखोज गर्दा यस्तो अवस्था देखियो । अहिले उसको घरमै प्राथमिक उपचार भइरहेको छ।’

विकाश ठाकुरको पिठ्युँमा पाइपले हानेको निलडाम ।

के कारणले कुटपिट गरेको हो आफूहरूलाई केही थाहा नभएको अभिषेकका ठूलोबुबाले बताए । ‘यस्तो विधि किन कुटेको हो मैले थाहा पाएको छुइँन’– उनले भने, ‘विद्यार्थीलाई विद्यालयमा पढ्न पठाएको हो। यसरी बालकलाई मरणासन्न हुने गरी कुटपिट गर्नु त भएन नी ।’
छात्र विकास ठाकुरलाई कुटपिट गरेको फोटो उनको सहोदर दाजु किरण ठाकुरले समाजिक संजालमा पोष्ट गरेपछि सो कुरा बाहिर आएको थियो । फोटो पोष्ट भइसकेपछि विद्यालयले गल्ती स्वीकार गर्दै माफी मागेको र आफूले सो पोस्ट सामाजिक संजालबाट हटाएको ठाकुरले जानकारी दिए ।
यस सम्वन्धमा विद्यालयका संस्थापक प्रिन्सिपल नवलकिशोर खनालसँग बुझ्दा उनले गृहकार्य नगरेको र हेण्डराइटिङ  सुधार नगरेकाले कुट्नु परेको बताए । ‘गृहकार्य पनि गरेको थिएन्, अलिक बदमासी पनि गरेकोले आवेगमा आएर प्लाष्टिको पाइपले हानेको हो’ उनले भने, ‘हामीले छात्रलाई हेनराईटिङ सुधार गर्न पटक–पटक भन्दा पनि २÷४ पटक सम्म नै नराम्रो भएकाले सामान्य पाईप हानेको र गर्मी मौसम भएकाले निलडाम देखिएको हो ।’
संस्थापक प्रिन्सिपल खनालले आफूहरुबाट गल्ती भइसकेकोले घटनालाई उचाल्ने भन्दा मिलाउने तिर सोच्न आग्रह गरे।

उता कुटपिट गर्ने शिक्षकविरुद्ध प्रहरीमा उजुरी गर्ने तयारी भइरहेको बुझिएको छ।

कसैले कसैलाई कुटपिट गरी कुनै किसिमको शारीरिक पीडा पुर्याएमा, कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको अधिवक्ता कला त्रितालले जानकारी दिइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes