फेरि बन्द गरे स्थानीयले मनमोहन गान्धी मार्ग - Pahilo Online

फेरि बन्द गरे स्थानीयले मनमोहन गान्धी मार्ग

writer

भुमिप्रसाद पाठक

पथरी  ।  निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार ०८१, बैसाख- २२) मोरङको पथरीशनिश्चरेहुँदै दक्षिण जाने मनमोहन गान्धी सडक पुन बन्द गरेका छन् ।

ठेकेदारले सहमति अनुसार काम नगरेको भन्दै मोरङ पथरीशनिश्चरे नगर—९ स्थित महेन्द्र चोकमा उपभोक्ताहरुले सडकमा होप पाइप, ढुङ्गाहरु र बाँसले बारेर सडक अवरोध गरेका हुन् । पुन: काम नथालेसम्म सडक नखोल्ने सडक संघर्ष समितिको सहसंयोजक सुमन वनेमले बताए । मोरङ पथरीशनिश्चरे नगर—१० स्थित मनमोहन गान्धी सडक शिविरडाँडाबाट दक्षिण रंगेली जाने सडक हो ।

सम्झौता गरेपनि निर्माणमा ढिलासुस्ति गर्दा उपभोक्ताहरुले बेलाबेला सडक बन्द गराएर आन्दोलनमा उत्रिदै आएका छन् । कान्छारामले ठेक्का पारी सम्झौता गरेपनि निर्माण कार्यमा ढिलो गर्दा उपभोक्ताहरुलाई सडक उपभोगमा समस्या छ । सडक प्रयोगमा मात्र होइन बर्खामा हिलोमा डुब्नुपर्ने र हिउँदमा धुलोले पुरिनुपर्ने समस्या छ । सडक चाँडाे बनाउन र हिलो, धुलोबाट मुक्त गर्न माग गर्दै करिव छ महिना अघि (२०८० मंसिर १२) सोही स्थानमा उपभोक्ताहरुले करिव हप्तादिन सडक बन्द गराएका थिए ।

सडक चाँडो निर्माण गर्न पटक पटक पहल गर्दापनि सुनुवाइ नभएपछि पीडितहरुले वीरेन्द्र गुरुङको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरेरै आन्दोलन गरेका थिए । मंसिरमा कान्छाराम कन्ट्रक्सन कम्पनीका मेनेजर दीपक थिङ, पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापाे आन्दोलनकर्मीहरुको तर्फबाट संयोजक बीरेन्द्र गुरुङ, सहसंयोजक सुमन वनेम, वडा अध्यक्षहरु बसेर सहमति भएको थियो ।

त्यसबेला कम्पनीले सडकमा दैनिक पानी लगाएर धुलो उड्न नदिने, बैसाखसम्म कालोपत्रे गरिसक्ने, बैसाखसम्म कालोपत्रे नभए ९, ८ र ४ नं. वडा अध्यक्षहरु क्रमस: वीरबहादुर राई, नवीन कार्की र लोककिरण न्यौपानेसहित सडक आन्दोलनमा आउने सहमति भएको संघर्ष समितिका सहसंयोजक सुमन वनेमले बताए । सहमति अनुसार केही महिना काम गरेपनि फेरि छाडेर हिँडेको, काम ढिला गरेकोले पुन: सडक बन्द गर्नुपरेको वनेमले बताए ।

सडक निर्माणमा अति ढिला भएपछि बन्द गर्न उपभोक्ताहरु बाध्य भएको स्थानीय भुवन धिमालको भनाइ छ । पथरीशनिश्चरे नगरको भुटानी शरणार्थी शिविर मुख्य सडक दक्षिण रंगेलीसम्म २५ किलो मिटर लम्बाई र ६० फिट चौडाइको निर्माण हुने सडकको ठेक्का पूर्ण तामाङको कान्छाराम कन्स्ट्रक्सन कम्पनीले पारेको थियो ।

कान्छारामले १ करोड ९४ लाख ९४ हजारमा टेन्डर पारेको स्थानीय प्रेम वनेम लिम्बूको भनाइ छ । कालोपत्रे (पुरानो) उप्काएर ग्राबेल लगाएर हिँडेपछि निर्माण कम्पनी करिव दुई बर्षदेखि बेपत्ता थियो । मंसिरको आन्दोलनमा भएको सहमतिपछि आएर काम थालेपनि पुन: काम छाडेर हिँडेकोले सडक बन्द गर्नुपरेको स्थानीय उपभोक्ताहरुको भनाइ छ ।

संघर्ष समितिले २०८० मंसीर १३ गने महेन्द्र चोक स्थित सडकमै पत्रकार सम्मेलन गरेर पीडितहरुले गुनासो सुनाएका हुन् । हिउँदमा धुलोको कारण शुद्ध खाना खान र लुगा धोएर सुकाउन नपाएको पीडितहरुको भनाइ थियो । अत्याधिक थुलोको कारण वृद्ववृद्वा र बालबालिकाको स्वास्थ्यमा समस्या भइरहेको संघर्ष समितिको सदस्य ईश्वर चौहानले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes