सांगीतिक कार्यक्रम गरी नयाँ वर्षलाई स्वागत - Pahilo Online

सांगीतिक कार्यक्रम गरी नयाँ वर्षलाई स्वागत

writer

पहिलो अनलाइन

शनिश्चरे । नयाँ वर्षको अवसरमा मोरङको पथरी शनिश्चरे ९ स्थित शनिश्चरे बजार (हाट खोला)मा सांगीतिक कार्यक्रम भएको छ ।
पिपल डाडाँ सामुदायिक क्लबको आयोजनामा चैत्र ३० गते साँझ ७ बजेबाट विविध सांगीतिक कार्यक्रमसहित २०८१ साललाई भब्य स्वागत गरिएको हो । कार्यक्रममा युवा पुस्ताका गायक नन्दु गुरुङको मुख्य आकर्षण रहेको थियो । गुरुङले मुटु त ढुक ढुक, मन पराउछु भन्छे उसले, संग सैगै कान्छी गीतहरु पस्केका थिए । त्यस्तै गायक कुमार सिरियस राई, हास्य कलाकार होम बाहादुर कार्की, स्टार डान्स स्टुडियो लगायत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुतिहरु राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि ९ नं. वडाध्यक्ष वीरबहादुर राईले पिपल डाँडा सामुदायिक क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न उदाहरणीय काम गरेको भनी प्रसंसा गरेका थिए । सो अवसरमा कार्यक्रममा मुख्य प्रायोजक एवं युवा समाजसेवी सविना मोबाइलका प्रोप्राइटर शुवास भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

क्लबका अध्यक्ष रामबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, महिला जागृति सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष तुलसा याक्खा, शनिश्चरे सरसफाई तथा खानेपानीका अध्यक्ष ऋषिराज पौडेल, पिताम्बर बाँस्कोटालगायत अतिथि रहेका थिए ।

गायक एवं क्लबका उपाध्यक्ष कुमार सिरियस राईले स्वागत मन्तव्य राखेका थिए । क्लबका संस्थापक भुपाल ठटालले सञ्चालन गरेको कार्यक्रममा सयौंको संख्यामा रहेका दर्शकले भरपुर मनोरञ्जन लिएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes