शिक्षक दिवसमा नमुना विद्यालयका प्र.अ. बुढाथोकी सम्मानित - Pahilo Online

शिक्षक दिवसमा नमुना विद्यालयका प्र.अ. बुढाथोकी सम्मानित

writer

भुमिप्रसाद पाठक

पथरी ।  नेपाल राष्ट्रिय शिक्षक संगठन, मोरङले आफ्नो ४५ औं शिक्षक दिवस भव्यताका साथ मनाएको छ। आज बिहीबार मोरङको पथरी शनिश्चरे -२ को हरियाली सामूदायिक वन उपभोक्ता समूहको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कोशी प्रदेश ईन्चार्ज धर्मानन्द खरेल र मोरङ जिल्ला शिक्षक संगठनका अध्यक्ष प्रेम प्रसाद भट्टराईले पानसमा दीप बालेर संयुक्त रूपमा उद्घाटन गरेका थिए।

सो कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय सदस्य रिता दहाल पाठकले आ – आफ्ना पालिकाहरूमा र विद्यालयहरूमा उठेका तमाम माग र मुद्दाहरूलाई लिएर सम्बन्धित ठाउँमा पुर्याउन सल्लाह सुझाव दिनुहुनेछ भनिन् सोहि क्रममा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले कठीन परिस्थितिबाट थुप्रै आरोह अवरोह पार गर्दै आएको यो शिक्षक संगठनले सिंगो मुलुकको रूपान्तरणमा अहम् भूमिका खेलेको भन्दै प्रशंसा गरे।

सोहि कार्यक्रममा पथरीशनिश्चरे -१ मा रहेको श्री पञ्चायत माविको शैक्षिक, भौतिक तथा व्यवस्थापन उन्नयनका लागि सो विद्यालयका प्राचार्य अर्जुन कुमार बुढाथोकीलाई दोसल्ला ओढाएर ओम गायत्री कुशुम पुरस्कारबाट सम्मानित गरिएको थियो।

उनलाई नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो। उक्त अवसरमा कोशी प्रदेश सांसद्हरू मालती सुब्बा र विद्या चाम्लिङ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कोशी प्रदेशका उपमहासचिव हरिप्रसाद धिमालले शुभकामना मन्तव्य राखेका थिए भने नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मोरङका पूर्व अध्यक्षत्रय तारानाथ भट्टराई, पितकुमार श्रेष्ठ र दिनेश कुमार श्रेष्ठ , लगायतको उपस्थिति रहेको थियो।

२८ जना शिक्षक – शिक्षिकाहरूलाई कदर पत्र प्रदान गरिएको सो कार्यक्रममा १ सय बढि सेवानिवृत्त भएका शिक्षकहरूलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो। ५० बढी शिक्षकहरूले रक्तदान गरेको सो कार्यक्रममा आजीवन सदस्यता पत्र पनि वितरण गरिएको थियो। सोहि अवसरमा शिक्षक शिक्षिकाहरूले विभिन्न सुन्दर सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes