कुमारी बैंकबाट क्यान्सर पीडित महिलालाई सहयोग - Pahilo Online

कुमारी बैंकबाट क्यान्सर पीडित महिलालाई सहयोग

writer

भुमिप्रसाद पाठक

पथरी  । मोरङको पथरी शनिश्चरे -१ को यलम्बर चोककी पित्तथैली क्यान्सर पीडित झुमाई धिमाललाई कुमारी बैंक, पथरी शाखाले आर्थिक सहयोग प्रदान गरेको छ। आज आईतवार क्यान्सर पीडित धिमालकै निवासमा पुगेर पीडित महिलालाई सो बैंकले एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो।

पथरीशनिश्चरे -१ का वडाध्यक्ष भीमकुमार राईको हातबाट शाखा प्रमुख माधवप्रसाद खरेलले ती पीडित महिलालाई सो सहयोग रकम प्रदान गरेका हुन्। तीन वर्षअघि १० हजार रुपैयाँले कुमारी सुरक्षा परिवार बचत खाता खोलेर बचत गर्नु भएकी पीडित महिलालाई प्राणघातक क्यान्सर रोगको थप उपचारका लागि सो बैंकले सहयोग प्रदान गरेकाे हाे।

उक्त अवसरमा वडा सदस्यहरू क्रमशः पूर्ण बहादुर कार्की, आरती खाती, बसुन्धरा गुरुङ, कुमारी बैंक पथरीका अपरेसन ईन्चार्ज देवराज भण्डारी, बैंक कर्मचारीलगायतको उपस्थिति रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes