शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ८ ले महिला लक्षित कार्यक्रम अन्तर्गत ४० जना महिलाहरुलाई बारिस्ता तालिम दिनेभएको छ ।
वडा कार्यालयको हलमा आइतबारदेखि कफी मेकिङ (बारिस्ता) तालिमको उद्घाटन नगर प्रमुख मोहनप्रसाद तुम्वापोले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष नवीन कार्कीले वडाभित्रका महिलाहरूलाई सीप दिएर दक्ष जनशक्ति निर्माण गर्नका लागि यो तालिम आयोजना गरिएको बताउनुभएको छ ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्बापोले महिला दिदी बहिनीहरुले तालिमको नाममा तालिम मात्रै नभएर आफूले त्यसलाई व्यवहारमा उतार्न बताउनुभयो ।
चन्द्रसुर्य सीप विकास संस्थाको प्राविधिक सहयोग रहेको कार्यक्रममा वडा सदस्यहरु बाबुराम चौधरी, झमकबहादुर लिम्बु र शान्ता योङहाङको उपस्थिति रहेको थियो ।