केचना प्याराडाइज इङ्लिस स्कुलको १७औं वार्षिकोत्सव - Pahilo Online

केचना प्याराडाइज इङ्लिस स्कुलको १७औं वार्षिकोत्सव

writer

पहिलो अनलाइन

केचना । मोरङको पथरी शनिश्चरे ६ मा स्थापित केचना प्याराडाइज इङ्लिस स्कुलले १७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।

शनिबार विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यार्थीहरुले सलामी सहित कार्यक्रमको उद्घाटन गरिएको थियो । दोस्रो संविधान सभा सदस्य चण्डी प्रसाद राईको प्रमुख आतिथ्य र विद्यालयको संस्थापक सर्वलाल राईको सभाअध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सदस्य चण्डीप्रसाद राइले आफ्नो कुरा राख्दैँ यस विद्यालयले स्थानीय स्तरको शैक्षिक गुणस्तरमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकोमा खुसी व्यक्त गरेका थिए । उनले ंविद्यार्थी र अविभावकको रुची, समयको मागअनुसार बदलिँदो समयसँगै वैज्ञानिक र व्यवहारिक शिक्षालाई यस विद्यालयले अबलम्वन गर्दै गएको र अझ प्रतिबद्ध भएर लाग्न अनुरोध गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक सर्वलाल राईले एउटा विद्यालय सफल हुन शिक्षकको मात्र भुमिका नभएर विद्यार्थी, अभिभावक र समुदायकै भुमिका महत्त्वपूर्ण हुने बताए । शिक्षकले विद्यार्थीको शैक्षिक मात्र नभएर सर्वाङ्गिण विकासमा सधैं लागि पर्ने कुरा राख्दैँ समयको माग अनुसार शिक्षालाई अघि बढाउने कुरा व्यक्त गरे ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक तथा हाँस्य नृत्य, पहिचानसँग जोडिएका प्रस्तुतिहरु, गायन साथै अतिथि कलाकारहरुको प्रस्तुतिले कार्यक्रम अवधिभर मनोरञ्जन प्रदान गरे ।

२०६३ सालमा स्थापना भइ कक्षा नर्सरीदेखि ७ सम्म अध्ययन अध्यापन गराउँदै आइरहेको यस विद्यालयले स्थानीय स्तरको शैक्षिक क्षेत्रमा छुट्टै पहिचान कायम गरेको छ । सो कार्यक्रममा अभिभावक, स्थानीय बुद्धिजीवी, समाजसेवी, विद्यार्थी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन विद्यालयका प्रिन्सिपल सारदा समालले गरेकी थिइन् । कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष कृष्ण बस्नेत, वडा नं. ५ का वडा अध्यक्ष चेतन खड्का, विरेन्द्र सार्वजानिक माविका प्रअ धन बहादुर बस्नेत विशिष्ट अतिथि रहेका थिए । त्यस्तै कार्यक्रममा समाजसेवी हेमेश्वर राई लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथि रहेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes