पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई ओटा खेल सम्पन्न - Pahilo Online

पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई ओटा खेल सम्पन्न

writer

छविराज ढकाल

 

 पथरीशनिश्चरे / मोरङको पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिता -२०८०/०८१ अन्तर्गत आज शनिबार दुई ओटा खेल सम्पन्न भएका छन्। वडा नम्वर १ र ७ ले १-१ अंक र ५ ले ३ अंक जोड्दै आगामी यात्रा तय गरेका हुन्।

आज पथरीशनिश्चरे वडा नम्वर ०२ द्वारा पञ्चायत माविको खेल मैदानमा आयोजित सो प्रतियोगितामा वडा नं १ र ७ ले बराबरी अंक जोडेका छन् भने वडा नम्बर ५ले वडा नम्बर १० लाई पराजित गर्दै ३ अंक प्राप्त गरेको छ। वडा नम्बर ०१ र ०७ का भेट्रान फुटबल टिमहरूले निर्धारित समय अवधिमा कुनै पनि गोल नगर्न नसक्दा खेल बराबरीमा टुङ्गिएको थियो।

ति दुवै टिमले १/१ अंक प्राप्त गरेका छन्। त्यस्तै, आजै सम्पन्न भएको दोस्रो खेलमा वडा नं ०५ वडा नम्वर १० विरुद्ध ३-२ को अन्तरले पराजित गर्दै विजयी भएको छ। वडा नं ०५ का जर्सी नम्बर ३ का अम्मर चौधरीले खेल सुरु भएको ३ मिनेटमै गोल गर्दै आफ्नो टिमको खाता खोलेका थिए। त्यसको प्रतिउत्तर दिदैं वडा नम्वर १० का जर्सी नं ६ का युगल राईले पुर्वार्धकै २० औं मिनेटमा जवाफी गोल फर्काएका थिए।

त्यसको लगतै २२ औं मिनेटमा वडा नं ०५ का जर्सी नं ७ का याम कुमार बेघाले प्रहार गरेको बलले नेट चुम्दै आफ्नो टिमलाई २-१ को अग्रता दिलाए। १ मिनेट नबित्दै वडा नम्वर १० का जर्सी नं १२ का राज कुमार तामाङले २३ औं मिनेटमा गोल फर्काएर बराबरीमा पुर्याएका थिए।

दर्शक दिर्घाबाट निक्कै रोमाञ्चक र प्रतिस्पर्धात्मक देखिएको सो खेलमा वडा नं ०५ का याम कुमार बेघाले पुनः अर्को गोल गरेर आफ्नो टिमको विजय सुनिश्चित गरेका थिए। आजको खेलबाट वडा नम्वर ०५ ले ३ अंक जोडेको छ। सो लिग फुटबल प्रतियोगिताको अर्को खेल आगामी चैत २३ शूक्बार वडा नं ४ र ६ बिच पहिलो खेल हुनेछ भने दोस्रो खेल वडा ३ र ८ बिच हुनेछ ।

यो लिगको फाईनल खेल भने आगामी बैशाख -२२ गते सम्पन्न हुने आयोजकले जनाएको छ। आजका खेलहरु संचालन भैरहँदा पथरी शनिश्चरे वडा नम्बर ०२का वडाध्यक्ष तथा खेल संयोजक नैना साम्पाङ राई, नगर खेलकुद विकास समितिका संयोजक दिपक राई, वडा नम्बर ०८ का वडाध्यक्ष नवीनजंग कार्की, वडा सदस्यहरू क्रमशः चन्द्र कुमार राई, खिलानाथ घिमिरे ,अम्बिका लिम्बु, सीता भुसाल, लगायतको उपस्थिति रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes