समाजवादीद्वारा नगर प्रमुखलाई ज्ञापन पत्र - Pahilo Online

समाजवादीद्वारा नगर प्रमुखलाई ज्ञापन पत्र

writer

छविराज ढकाल

पथरीशनिश्चरे / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पथरीशनिश्चरे नगर कमिटीले पथरी शनिश्चरेका नगर प्रमुख मोहनप्रसाद तुम्वापोलाई विभिन्न माग सहित ज्ञापन पत्र बुझाएको छ। आज आईतवार नगर प्रमुख तुम्वापोको कार्यकक्षमा एक पत्रकार सम्मेलन आयोजना गर्दै सो पार्टीले भूमि ,शिक्षा, स्वास्थ्य, कृर्षि,श्रमिक लगायतका मागहरु राखेकाे हो।

पथरी शनिश्चरे नगर कमिटीका अध्यक्ष तुलसी ढकालले नगरप्रमुख तुम्वापोसमक्ष ज्ञापन बुझाउनु भएको थियो। सोहि अवसरमा सचिव देवेन्द्र वनेम , केन्द्रीय सदस्य कृष्ण कुमारी विक, संविधान सभाका सभासद तथा मोरङ जिल्ला ईन्चार्ज चण्डी प्रसाद राई, प्रदेश सदस्य टंक भण्डारी वडा नम्वर १ का वडाध्यक्ष भीम राई लगायतको उपस्थिति रहेको थियो।

ज्ञापनपत्र मार्फत पथरी शनिश्चरे नगरभित्र २०३५/ ०३६ सालदेखि जंगल अवस्था मै ढाल फाँड र आवास गरी आएको ५ हजार जति अव्यवस्थित बसोवासीहरूले भोगचलान गरेको जग्गामा २०४२/०४३ सालमा भु-माफियाहरूको मिलेमतोमा बाहिरी कित्ताकाट गरी किर्ते लालपुर्जा बनाएको उल्लेख छ। यस्ता जग्गामा स्वमित्वबारे पटक पटक विवाद हुँदै आएको भन्दै सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले भोगचलान गरेको जग्गा र घर टहरा हुनेलाई सर्वसुलभ तवरले लालपुर्जा वितरण गर्न स्थानीय सरकारसमक्ष सम्बन्धित निकायहरूमा राजस्व पुनरावलोकन गर्न गराउन आवश्यक पहल गरिदिन माग गरिएको थियो।

त्यसैगरी, ज्ञापन पत्रमा ‘ सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक शिक्षिकाहरूका नानीबाबुहरूलाई पनि सामुदायिक स्कूलमा पठाउने व्यवस्था मिलाउन पहल गरिदिन माग गरिएको थियो। त्यस्तै , अहिलेको शिक्षा प्रणाली सैद्धान्तिक भएकोले व्यवहारिक शिक्षा प्रणालीको व्यवस्था मिलाउन ‘ माग गर्दै विभिन्न जाति समुदायहरूको भाषा लिपिहरूलाई संरक्षण ,सम्बर्द्धन र प्रवर्द्धन गरी भाषा पाठशालाहरू संचालन गर्न पनि माग गरिएको छ। यसैगरी, स्वास्थ्य क्षेत्रमा ‘आर्थिक रूपले विपन्न वृद्धवद्धा, अपाङ्गता भएका समुदायहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउन ‘ पहल गरिदिन भन्दै कृषि औजार यन्त्र, उपकरण र जैविक, प्रा‌ङ्गारिक मल विउको उचित व्यवस्था गरी अनुदानमा किसानहरूलाई वितरण गर्ने व्यवस्था पहल गरियोस् आदि विभिन्न मागहरु राखिएको थियो।

सोहि क्रममा नगर प्रमुख तुम्वापोले ज्ञापन पत्रमा उठाइएका केहि मागहरु सम्बोधन भैरहेको र केहि समस्याहरू समाधानका क्रममा निरन्तर रहेको जवाफ दिनु भएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes