सहकारी दिवसमा क्षमता अभिवृद्धि तालिम - Pahilo Online

सहकारी दिवसमा क्षमता अभिवृद्धि तालिम

writer

पहिलो अनलाइन

पथरी  । पथरी शनिश्चरे नगरपालिकामा ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नगरको नियमन क्षेत्रधिकार भित्रका सहकारी संस्थाका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
आज नगरपालिकाको सभाहलमा प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षतामा समापन कार्यक्रम भएको हो । दुई दिने तालिममा नगरभित्रका १५ वटा सहकारी संस्थाका १९ जनाले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट निर्मल कटुवाल र यशोदा खत्रीले आफ्ना भनाइहरु राख्नुभएको थियो । सो तालिमको सहजीकरण मोरङ सहकारीका रामकुमार दाहालले गर्नुभएको थियो । प्रशिक्षार्थीहरुलाई दुई दिने तालिमको प्रमाण–पत्र पनि वितरण गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रमुख प्रशासकीय अधिकृत शशि राईले कार्यक्रमको समापन गर्दै सहकारी सम्वन्धी आफ्ना गहकिला भनाइहरू राख्नुभएको थियो । नगरमा भएका सहकारी सम्वन्धी समस्याहरूको छिट्ट समाधान गर्न नगरपालिका लागिरहेको सुझाउनुभयो । उहाँले भन्नुभयो–‘सर्वसाधारणको निक्षेप डुब्न नदिऔंं, नगरपालिका सहकारीका विषयमा पर्ख र हेरको अवस्थामा छ । त्यसैले सहकारीका समस्याहरु बारे खुलेर बहस गरौं, समस्या बल्झाउने भन्दा पनि सुल्झाउनेतर्फ लाग्नु उचित हुन्छ ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes