सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम - Pahilo Online

सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे  । पथरी शनिश्चरेमा ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नगरको नियमन क्षेत्रधिकार भित्रका सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले व्यानर पढेर तालिमको उद्घाटन गर्नुभएको हो ।

नगरापलिकाको सहकारी शाखाले आयोजना गरेको सो तालिम दुई दिनसम्म सञ्चालन हुनेछ भने सो तालिममा नगरका सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण रामकुमार दाहालले गरिरहनुभएको छ । सहकारी शाखा प्रमुख केशवादेवी धमलाले सञ्चालन गर्नुभएको उद्घाटन कार्यक्रममा आर्थिक विकास समिति संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, सहजकर्ता रामकुमार दाहालले आफ्ना मन्तव्य राख्नुभएको थियो ।

नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन कार्यक्रमको समापन गर्दै आफ्ना निर्देशनात्मक भनाइहरु राख्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes