पञ्चायत माविमा एक दिने अन्तर्विद्यालय गणितीय नमुना कार्यक्रम - Pahilo Online

पञ्चायत माविमा एक दिने अन्तर्विद्यालय गणितीय नमुना कार्यक्रम

writer

भुमिप्रसाद पाठक

पथरी ।  मोरङको पथरी शनिश्चरे ०१ मा स्थापित पञ्चायत माध्यमिक विद्यालयमा २६ औं अन्तराष्ट्रिय गणित दिवस ( पाई डे) को अवसरमा प्रतिस्पर्धामा आधारित अन्तर्विद्यालय गणितीय नमुना कार्यक्रम सम्पन्न भएको छ। आज शुक्रवार पथरी शनिश्चरे नगरपालिकाका शिक्षा,यूवा तथा खेलकूद शाखाका प्रमुख शालिग्राम काफ्लेले सो कार्यक्रमको ब्यानर पढेर उद्घाटन गरेका हुन्।

सो एक दिवसीय कार्यक्रममा गणीत मोडेल तथा गणितलाई दैनिक जीवनसँग सम्बन्धित गराएर यो विषयमा आकर्षित गर्न र नवप्रवर्तक बनाउन विद्यार्थीहरूद्वारा बनाईएका गणितीय उपकरणहरू प्रस्तुत गरिएको थियो।

उक्त अवसरमा डेरीभेटिभ, भेक्टर, एन्टी – डेरीभेटिभ, त्रिकोणमिति, स्थानान्तरण, परार्वतन परिक्रमण, बिस्थापन, विस्तारीकरण, पास्कलको त्रिभुज, पाईको बारेमा कक्षा -०७ देखि १२ सम्मका विद्यार्थीहरूले विभिन्न स्टलहरु मार्फत प्रदर्शन गरेको पथरी शनिश्चरे नगरपालिकाका गणित विषयका सुपरीवेक्षण तथा अनुगमन समितिका प्रमुख दिलीप कुमार खवासले जानकारी दिए। सो कार्यक्रममा शान्ति भगवती मावि (लेटाङ्ग), जनता मावि (पथरी शनिश्चरे ०३,), भागिरथ मावि ( पथरी शनिश्चरे ०४), बुद्ध मावि (पथरी शनिश्चरे ०८) , हिरक आधारभूत विद्यालय,( पथरी शनिश्चरे १०) लगायतका आधा दर्जन बढि स्कूलका विद्यार्थीहरूले आ आफ्नो प्रस्तुति समेत दिएका थिए।

सो प्रतियोगितात्मक कार्यक्रममा पञ्चायत माविका विद्यार्थी प्रसिद्ध कार्की र रजिव दहाल प्रथम, पञ्चायतकै सौगात खनाल र रेहान श्रेष्ठ द्वितिय, भागिरथ माविका आभा -दिया- खुशीको समुह र जनता माविका रेखा -अपेक्षा- विवेकको समुह तृतिय स्थान हासिल गर्न सफल भएका थिए। सोहि प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरू क्रमशः शान्ति भगवती मावि, पञ्चायत मावि र हिरक आधारभूत विद्यालय रहेका छन्।

पञ्चायत माविका प्राचार्य अर्जुन कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल गणित समाज कोशी प्रदेशका अध्यक्ष डिबी थापाले ‘पाई को हो भन्ने विषयमा सहजीकरण दिनु गरेका थिए भने कोशी प्रदेशका कोषाध्यक्ष घनश्याम अधिकारीले ‘ गणितमा त्रुटि विश्लेषण कसरी गर्ने विषयमा सहजीकरण दिए। सोहि क्रममा पञ्चायत माविका गणित शिक्षक टंक काफ्लेले पनि ‘गणितलाई दैनिक जीवनमा कसरी जोड्न सकिन्छ?’ भन्ने विषयमा सहजीकरण गरे। पञ्चायत माविका व्यवस्थापन समितिका अध्यक्ष यूवराज बास्कोटाले शुभ कामना मन्तव्य राखेका सो कार्यक्रमको सञ्चालन सो माविका सहायक प्राचार्य बुद्धिनाथ अधिकारीले गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes