पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण - Pahilo Online

पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण

writer

पहिलो अनलाइन

पथरी  ।  दादुरा रुबेला खोप अभियान २०८० अभियान संचालन तथा व्यवस्थापन र नियमित खोप सुदृढीकरण तथा पूर्णखोप सुनिश्चितता सम्वन्धि पालिका स्तरीय खोप समन्वय समितिहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज पथरी शनिश्चरे नगरपालिकाको आयोजना भएको सो कार्यक्रमको अध्यक्षता नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गर्नुभएको थियो ।

नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा जगत बहादुर मगरले कार्यक्रमको उद्देश्य बारे प्रष्ट्याउनु हुँदै स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय विराटनगरका भरत भण्डारीले आफ्ना उत्कृष्ट प्रस्तुतिकरण राख्नुभएको थियो ।

यही फागुन २९ गतेदेखि चैत ७ गतेसम्म पथरी शनिश्चरे नगरपालिकाका सबै वडाहरूमा ९ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकाहरुका लागि दादुरा–रुवेला खोप अभियान संचालन हुँदैछ । कार्यक्रममा वडा अध्यक्षहरू भीम कुमार राई, विजय लिम्बु, लोककिरण न्यौपाने, उद्धवराज बस्नेत, जीवन खतिवडा, कार्यपालिका सदस्यहरु, नगरका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मी र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes