पथरीमा धिमाल जातिको चिचिरी गेन्द्रो दिवस - Pahilo Online

पथरीमा धिमाल जातिको चिचिरी गेन्द्रो दिवस

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे—१ मा धिमाल जातिको परिकारको प्रचार र प्रबद्र्धनको लागि चौथो चिचिरी गेन्द्रो दिवस हुने भएको छ । चिगिरी धिमाल जातिले खाने मौलिक खाना हो । ‘सांस्कृति, मौलिकता र स्वस्थ खाना’ भन्ने नाराको साथ फागुन २६ गते पथरीशनिश्चरे—१, को भुल्केमा हुने भएको छ ।

धिमाल जातीय विकास केन्द्रको केन्द्रीय समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी दिवस बारे जानकारी गराएको हो । दिवसमा धिमाल परिकारको चिचिरी गेन्द्रो (फरक धान चामलको स्टिम भात), तोले (बगीया), चुदुर (घँगी), पायाको बिहा (बंगुरको मासु), गोरा (माछा), हाया (स्थानीय रक्सी) लगायतका परिकारहरु रहने बताइएको छ । दिवसमा आयोजक आफैले यी परिकारहरु तयार गरेर बिक्री गर्ने आयोजक समितिको सचिव रोमान्सि धिमालले बताए ।

धिमाल परिकारको प्रचार र सांस्कृतिक प्रदर्शनी स्वरुप दिवस मनाउदै आएको आयोजक समितिको सहअध्यक्ष केदार धिमालले जानकारी दिए । बिहानदेखि औपचारिक कार्यक्रम हुने र साँझमा भने चर्चित गायिका रचना रिमालको बेजोड प्रस्तुती रहने आयोजक धिमाल जातीय विकास केन्द्रको केन्द्रीय अध्यक्ष अमरबहादुर धिमालले जानकारी दिए ।

रिमालसँगै गायकहरु डिकबहादुर धिमाल, सन्जिव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार बिक्रम धिमाल लगायतको प्रस्तुति रहने बताइएको छ । कार्यक्रममा ५ लाख रुपैयां खर्च अनुमानि गरिएको सचिव अजित धिमालले बताए । उक्त कार्यक्रमको लागि गेटमा प्रतिव्यक्ति ५० रुपैयाँको टिकट लिने र बाँकी रकम स्थानीय सरकारहरु तथा सहयोगीहरुबाट संकलन हुने बताइएको छ । धिमाल समुदायको मौलिक खाना, संस्कतिको प्रचारप्रसार र प्रवद्र्धनका लागि दिवस मनाउन लागिएको सो संगठनले जनाएको छ । पत्रकार सम्मेलनमा संगठनका केन्द्रीय सचिवालय सदस्य मोहन धिमाल लगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes