कृषकहरूलाई बिउ छर्ने मेसिन वितरण - Pahilo Online

कृषकहरूलाई बिउ छर्ने मेसिन वितरण

writer

सन्तोष राई

पथरी शनिश्चरे ।  मोरङको पथरी शनिश्चरे वडा नं. ७ ले कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत मकै छर्ने मेसिन (बिउ छर्ने हाते मेसिन) वितरण गरेको छ । आज वडा कार्यालय परिसरमा ११ वटा बिउ छर्ने हाते मेसिन वडाका विभिन्न टोल र कृषक समूहलाई वितरण गरिएको हो ।

वडाको चालु आर्थिक वर्ष २०८०÷८१ वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषकहरुलाई मेसिन वितरण गरिएको छ । वडा अध्यक्ष उद्धवराज बस्नेतले वडाका छिमेकी लाइन, मिर्मिरे चौक, लामाटोल, मंगलबारे, कृयसन चौक, सैनिक चौक, चभत्लुङ कृषि सहकारी संस्था, संगालो बस्ती, विष्णु चौक, किर्तिपुर, लामाटोली कृषक् समूहलाई मेसिन वितरण गर्नुभएको थियो ।

सो कार्यक्रममा वडा सदस्यहरु नरेश बहादुर राई, मनिकुमार लिम्बु, उषा लम्जेल, सपना राईको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes