पथरी उवा संघमा नव निर्वाचित पदाधिकारीलाई माओवादीद्वारा सम्मान - Pahilo Online

पथरी उवा संघमा नव निर्वाचित पदाधिकारीलाई माओवादीद्वारा सम्मान

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरमा स्थापित पथरी उद्योग वाणिज्य संघमा माओवादी केन्द्र पार्टीको तर्फबाट नव निर्वाचन पदाधिकारी सदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । निर्वाचनमा पथरी उद्योण वाणिज्य संघमा उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) नगर समिति सहसचिव रबिन्द्रकुमार राई निर्वाचित भएका छन् । सदस्यमा तिर्थराज अधिकारी, शन्तोष चौधरी लगायत सर्वसहमत निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारी सदस्यहरुलाई नगर कार्यलयमा शनिबार आयोजित बैठकसँगै नेकपा (माओवादी केन्द्र) पथरीले सम्मानसहित बधाई शुभकामना दिएको हो । नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष गोबिन्द कटुवाल उपचारत रहेको कारण उपाध्यक्ष कमल हाङ्बाङ लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदसमेत रहेका पार्टी केन्द्रीय सदस्य गीता तिम्सिना, संविधान सभा सदस्यसमेत रहेका पार्टी केन्द्रीय सदस्य लालबहादुर सुश्लिङ मगर, किराती राष्ट्रिय मुक्ति मोर्चाका महासचिव अर्जुन किराती, नगरको सह—इन्चार्ज बालकुमार मागर (बिकास) लगायतको उपस्थितिमा बधाई तथा शुभकामना दिएका छन् । माओवादी केन्द्र सुधारको क्रममा जनयुद्ध कालमा पथरीशनिश्चरे माओवादीको आधार इलाकाकै रुपमा रहेको थियो ।

२०६४ को संविधान सभा निर्वाचनमा एमालेका भरतमोहन अधिकारीलाई माओवादीका लालबहादुर शुस्लिङ मगरले पराजित गरेसँगै यो क्षेत्र देशैभर एक प्रकारको चर्चा चलेको थियो । त्यसपछिको संसदीय तथा स्थानीय निर्वाचन मात्र होइन सामाजिक संस्थाहरुमा पनि माओवादीले प्रभाव पार्न सकेको थिएन । गएको स्थानीय तहको निर्वाचनमा नगरमा अघिल्लो पटक प्यानलै जितेको ४ नं. वडा, १० को एक सदस्यसम्म गुमाएको थियो । स्थानीय निर्वाचनको समीक्षा बैठक ६ महिनासम्म राख्न नमानीयपछि माओवादी केन्द्रलाई बचाउनुपर्छ भन्ने कार्यकर्ताहरुले आफै समीक्षा बैठक राखेर यो क्षेत्रमा पार्टी कमजोर हुनुको कारणहरु बारे छलफल भएको थियो ।

सोही समीक्षा बैठकमा उपस्थित कार्यकर्ताहरुले नगर पार्टी अध्यक्षको जिम्मा तत्कालीन उपाध्यक्ष गोबिन्द कटुवाललाई दिएका थिए । गोबिन्द कटुवाल, उपाध्यक्ष कमल हाङ्बाङ्ग, सचिवमा मान दियाली, सहसचिवमा रबिन्द्रकुमार राईले नेतृत्व लिएपछि माओवादी केन्द्र नगर समिति संस्थागत हुँदै गएको छ । बिभिन्न बिषयहरुमा सामुहिक छलफल निर्णय र निर्णयलाई कार्यान्वयनको प्रयास हुन थालेपछि भने केही सामाजिक संस्थाहरुमा माओवादी केन्द्र समर्थित व्यक्तिहरु पनि निर्वाचित हुन थालेका छन् ।

पार्टीमा नयाँ नेतृत्व आएपछि भएको पथरी बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा अभिषेक मगर (कोषाध्यक्ष)को नेतृत्वमा बिजयी भएको थियो । उवा संघ पथरीको निर्वाचनमा उपाध्यक्ष पदमा रबिन्द्रकुमार राई लगायतले जितेका छन् । माओवादी पार्टी संघीय गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको, वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय मुक्तिको लागि संघर्ष गरेको संगठन हो ।

अध्यक्ष प्रचण्ड सत्तमा गएपछि सुन काण्ड, ललिता निवास जग्गा काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, झापाको गिरिबन्धु टी स्टेट जग्गा काण्ड बारे छानबिन र कारबाही प्रक्रिया अघि बढाइरहँदा पूर्बको रोल्पा भनेर चिनिएका पथरीमा पार्टी कमजोरहुनु विचार संगठनभन्दा पनि केही व्यक्तिको समाजिक छबि कै करण भएको नगर समितिको निष्कर्ष निकालेका थिए ।

पथरी उद्योग वाणिज्य संघमा माओवादी पृष्टभूमिका तेजेन्द्रराज भण्डारी कोषाध्यक्ष, लेखा समिति संयोजकमा रोहित बास्तोलासमेत निर्वाचित भएका छन् । यसबाट पनि प्रभावकारी व्यक्तिहरुलाई अवसर नदिएर व्यक्ति र स्वार्थ केन्द्रीत राजनीतिले पथरीशनिश्चरेमा पार्टी उभो नलागेको विश्लेशन गर्न सकिन्छ । पछिल्लो समयमा भने संगठन बिस्तारहुनुको साथै पार्टी संस्थागत तथा सामुहिक प्रयास भइरहेको नेताहरुको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes